‘झिम झिम परेली’ टंक र कबिताको गीतमा पल र अशोकको एक्सन (भिडियो सहित)

काठमाडौं, । बहु चर्चित गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको नया गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भय लगतै गायक टंक बुढाथोकी र अशोक दर्जी लाइव भिडियो मार्फत यस गित बारे धेरै जानकारी दिनु भएको छ ।

सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गर्नुभएकाे छ । चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ ।

चर्चित अभिनेता पल शाह, चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत भएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ ।

पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिनुभएकाे छ । म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिच्नुभएकाे छ, भने सम्पादन नबिन निरौलाले गर्नुभएकाे छ । भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गर्नुभएकाे छ ।

हेर्नुहोस भिडियो :