राजेश पायल राई र निलम रोजु राई को यती धेरै माया सार्वजनिक

स्कटनेपाल , घटस्थापना को दिन पारी बेलायत बाट यती धेरै माया लाग्छ गित को मीउजिक भिडियो सार्वजनिक भएको छ राजेश पायल राई र निलम रोजु राई को स्वार मा तयार भयको उक्त गित को शब्द लेखन विपिन खालिङ्ग को रहेको छ भने संगीत गायिका निलम रोजु को नै रहेको छ ।

यस के आर पिक्चार ले निर्माण गरेको उक्त भिडियो को निर्देशन भने केहि समय देखी बेलायत मै बसोबास गर्दै आउनु भएको चलचित्र कर्मी शन्त कुमार राई ले गरेका छन । बेलायत को विभिन्न स्थानमा छायाकन गरियको भिडियो मा कलाकार ध्रुवा दुत्त, मिसेस नेपाल यु के २०१७ आस्था जोशी र मोडल सन्तोश राईको अभिनय देख्न सकिन्छ। यसलाई सुमन श्रेस्ठ ले छायाकन गरेका हुन भने इसाक जाबेगु ले सम्पादन गरेका छन।

हेर्नुहोस भिडियो :