लायन्स क्लब अफ पोखरा डल्फिन र पेन्गुईनद्धारा फलफूलका बिरुवा बितरण

लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ अन्तरगत लायन्स क्लब अफ पोखरा डल्फिन र लायन्स क्लब अफ पोखरा पेन्गुईनद्धारा पोखरा महानगरपालिका २१ रातमातामा फलफूलका बिरुवा बितरण गरिएको छ । । लायन्स क्लबले शिक्षा, स्वास्य र बाताबरणमा काम गर्दै आएको हुदा कृषकहरुका लागी नगदे बाली स्वरुप आय आर्जनको कामपनि हुने र बाताबरण संरक्षणको लागि टेवा पुग्ने उद्देश्यले करिब ४० घर परिवारलाई कागती र एभगाडोका बिरुवाहरु प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ का जोन चियरपर्सन लायन भिष्मराज पौडेले बताउनुभयो । उहाँले बाताबरण संरक्षणका लागी यस्ता प्रकारका बिरुवाले बिशेष भूमीका खेल्ने र किसानहरुले उत्पादन पछि बिक्री बितरण गरेर आय आर्जन पनि गर्न सकिने भएकाले आफूहरुले सहयोग गरेको बताउनुभयो । आफूले जोनको नेतृत्व लिएपछि आफू माताहातका क्लबहरुलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्यही अनुरुप बिरुवामा पनि आफूले आर्थिक सहयोग गरेको स्पष्ट पार्नुभयो । कार्यक्रमका प्रमुख अतिथी तथा रिजन चियरपर्सन लायन तिलक तिवारीले स्वस्छ बाताबरण निर्माणमा यस प्रकारको कार्यले सहयोग पुर्योउने बिश्वास गर्नु भयो । उहाँले लायन्स क्बलमा आबद्ध भएका साथीहरुले आफ्नो खर्च कटाएर सहयोग गरिएको बताउँदै फलफूलका बिरुवा हुर्कने र यसले किसानहरुको आय आर्जनमा टेवा पुर्याउनेमा ढुक्क भएको बताउनु भयो । किसानहरुले यसको सहि सदुपयोग गरेमा आउँदा दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । कार्यक्रममा राटामाटा टोल बिकास संस्थाका अध्यक्ष कुलदिप आचार्यले लायन्स क्बल आफ डल्फिन र पेन्गुईनले बिरुवा बितरणको लागी रातामाटा स्यार्तुङ रोजेकोमा धन्यवाद दिनुभयो । आफूहरुले प्राप्त ग।रेको बिरुवारुको सहि सदुपयोग गर्ने र उत्पादन गरेर समेत बजारमा पठाउने प्रतिबद्धता अमचार्यले गर्नुभयो ।
कार्यक्रममा लायन्स क्बल आफ डल्फिनका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठको सभापतित्व र लायन्स क्लब अफ पेन्गुईनका अध्यक्ष लायन सितल श्रेष्ठको स्वागत मन्तव्य राखनुभएको थियो भने पेन्गुईनका द्धितीय उपाध्यक्ष दिपक भण्डारीको धन्यवाद ज्ञापन र कार्यक्रम संचालन लायन्स क्लब अफ डल्फिनका सचिव लायन बिरेन्द्र सिकेले गर्नुभएको थियो ।