कामरेड अर्थमन्त्री पौडेल ज्यू भेन्टिलेटर र आइसियु बेडहरु थप्नुहोस यही कोरोना नाममा भए पनि ।

डा ए पोख्रेल,

१. यो महामारीमा नेपालका प्रत्येक सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियु बेडको व्यवस्था गर्नु होला नव नियुक्त अर्थमन्त्री ज्यू ।

२. विकास निर्माण तथा अन्य ऐरे गैरे खर्च गर्ने वातावरण पनि नभएको हुँदा, दुई चार सय भेन्टिलेटर तथा आइसियु बेडको लागि दुई चार अर्ब पैशा खर्च गर्नुस् ।

३. विशुद्ध कर कार्यालयबाट उठेको रकम बाट खर्च गर्नुस् । विदेशी सहयोग र उनीहरूको ऋण यसमा खर्च नगर्नुस् । त्यो तपाईं जेसुकै गर्नुस् ।

४. ग्लोबल टेन्डर हाल्नुस् अनि गुणस्तरयुक्त भेन्टिलेटर र आइसियु बेडहरु को ब्यबस्था गर्नुस् ।

५. यो प्रकारको सुविधा थप्दा तपाईंको व्यक्तिगत के जान्छ ? पार्टीलाई के नोक्सान हुन्छ ? कार्यकर्तालाई के नोक्सान हुन्छ ? पार्टीका शुभ चिन्तकलाई के के नोक्सान हुन्छ ?

६. यदि नम्बर ५ अनुसार, कुनै नोक्सान हुँदैन भने, साधारण जनताले पनि उपचार पाउने व्यवस्था किन नगर्ने ? राष्ट्रको ढुकुटी लुटेर शासक प्रशासकहरूले मात्र उपचार कहिले सम्म गरिराख्नु हुन्छ । अब बाटो खोल्नुहोस सबैको लागि ।
अस्तु ।
ए पोख्रेल ।