जातीय विभेदको अन्त्य एक पुस्ताभित्र गर्न सकिन्छ । उन्मूलनको उपाय के हो ?

डा ए पोख्रेल,

जातीय विभेदको अन्त्य एक पुस्ताभित्र गर्नु पर्ने आवश्यकता छ । उन्मूलनको उपाय के के हो ?

१. जात वा जातीय विभेदको उन्मूलनको उपाय के हो भन्ने कुराको उत्तर, जनजाति वा दलित मुक्ति आन्दोलनमा लागेका अगुवाहरू वा समर्थन गर्नेहरूसँग पनि छैन । घोर आश्चर्य !

२. “राज्यमा समान सहभागिता” भनेर भन्ने गर्छन् । समान सहभागिताको लागि पुन: जातको आधारमा वर्गीकरण गरेर मात्र संरक्षण वा सहभागिता गराउन सकिन्छ । त्यो कुराले फेरि जातीय विभेद ज्यूँका त्यूँ राख्छ । त्यसैले यो पनि सही समाधान होइन ।

३. सम्पन्नताले (धनी भए पछि) जातीय छुवाछूत वा विभेद अन्त्य हुँदैन, अन्त्य भएको कुन देश, समाज वा राज्य छ होला ?

४. त्यसैले नयाँ प्रयोग मार्फत छिटो छरितो रूपमा अन्त्य गर्नु पर्छ, यदि राज्यले चाहेको हो भने । स्मरणीय छ, कम्तीमा पनि नेपालमा जनजाति तथा दलीय आन्दोलनमा लागेका कुनै पनि अगुवाहरू समेत यसको अन्त्य चाहँदैनन् । तर त्यसको नाममा व्यक्तिगत फाइदा भने लिने गर्छन । त्यो कारणले पनि उनीहरू स्वयंले यसको छिटो छरितो समाधानको खोजी गरेका छैनन ।

५. राज्यले चाहेमा एक पुस्ता भित्र नै स्वतः यो छुवाछूत हटाउन सक्ने उपायहरू अपनाउन सक्छ पहिलो चरणमा ।

जस्तै: (क) बाहुन, क्षेत्री, दमाई, कामी तथा नेपाली जस्ताहरु बीचमा त्यो विभेद हटाउन सकिन्छ ।

(ख) शाक्य, बज्राचार्य, जोशीहरुले कपाली, महर्जन वा यस्तै अरूहरुसंग गर्ने चरम प्रकारको विभेद अन्त्य गर्न सकिन्छ ।

(ग) तराईमा रहेका झाहरू, यादवहरु तथा मुसहरहरु बीचको विभेदलाई अन्त्य गर्न सकिन्छ।

(घ) गुरुङहरु, तामाङहरु वा मगरहरू बीचमा रहेको विभेदलाई पहिलो चरणमा अन्त्य गर्न सकिन्छ ।

६. यसरी समुह समुहमा अन्त्य गरिसके पछि वल्ल “राज्यमा समान सहभागिता” को माध्यमले माथिका समुहहरु एक अर्का बीच मानसिक रूपमा एउटाले अर्को समुहलाई पनि इज्जत प्रतिष्ठाले हेर्न सुरु गर्ने छन् । यसले आम मानिसहरूलाई नयाँ उचाइमा लैजाने देख्दै छु मैले ।

७. यसको लागि एउटा विशेष योजना चाहिन्छ । मैले त दुई प्रकारको विकल्पहरू देख्दै छु । जसमार्फत राज्यले “ऐतिहासिक राष्ट्रिय अभियान” चलाउनु पर्ने हुन्छ । यसको लागि केही अर्ब रुपैयाँ खर्च हुन्छ होला । शायद संसदीय चुनाव खर्च बराबर लाग्छ होला । खैर यो बजेटको कुरा ठूलो होइन यदि त्यो अभियान चलाउने हो भने ।

८. व्यक्ति _ व्यक्ति मार्फत विभेद अन्त्य हुनको लागि कैयौं पुस्ता लाग्ने गर्दछ । जुन काम अहिलेका अगुवा मानिसहरू वकालत गर्दै छन् !
आगे राज्य जानोस् ।
अस्तु ।
ए पोख्रेल ।