श्रीमानको निधन भएपछि पाँच जना अपाङ्गता छोराछोरी पाल्न झनै समस्या, त्यहा पुग्ने जो कोहि रुनु हुन्छ (भिडियो)

मोरङको इटहरा सिक्किमे टोलको ५२ वर्षीय सिर्जना ढुंगानाका पाँच सन्तान सुस्तमनस्थितिका छन् । तीन छोरी, दुई छोराको बढ्दो उमेरसँगै सृजनालाई सधैंको चिन्ता छ, ‘आफूलाई केही भइगए यिनको हालत के होला ?’
आफ्नो श्रीमानको निधन पछि स्याहार सुसारमा झनै समस्या भएको सृजना बताउछिन् । एक्लो ज्यानले हेरचाह गर्न साह्रै गाह्रो भयो । मलाई केहि भईहाल्यो भने के होला नि यिनीहरुलाई दैव ।

४१ वर्षकी निर्मला, ३९ को निर्मल, २८ को उमेश, २७ की पार्वता र २५ की गोमा सबका सब आफूबारे बताउन नसक्ने छन् ।
‘भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन्’ उनले भनिन्, ‘आफ्नै घाउ कोट्याएर खान्छन् । महिनावारी हुँदाको फोहोरमै खेल्छन् । बडोे पीर छ ।’ सन्तान सुस्तमनस्थितिका जन्मँदै जाँदा ढुंगाना दम्पतीले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन् । यसको परिणाम अहिलेको जीवन कष्टकर छ । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई हम्मे परेको छ ।

‘सानो छँदा एकखालको हेरविचारले हुने,’ उनले भनिन्, ‘ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो छ ।’ सन्तान बोल्न जान्ने, आफूलाई चाहिएका कुरा माग्न जान्ने भइदिँदा सबैलाई सजिलो हुन्छ । तर, सिर्जनाले सन्तानका दुई भाषा बुझ्ने गर्छिन्, ‘यो रिसाएको छ, ऊ खुसी भएको छ ।’ एकैपल्ट सबैलाई ध्यान पुर्याउनु पर्दा खुसी कसरी होलान् भनेर एकनासको स्याहारका लागि समय पुग्दैन ।
हेर्नुहोस भिडियो |