अर्को प्रेमी नाठोको पर्दाफास ! लाहुरेले किन यस्तो गरे आखिर ?

धरान | धरानमा सोनी हाङ्मा लिम्बुले आ त्मह त्या गरेको घटनाले अर्को मोड लिएको छ । माइती पक्षले आफ्नो छोरी चेलीको ह त्या भएको दावी गर्दै जा हेरी पनि दीईसकेको छ । त्यसपछि प्रहरीले थप अनुसन्धानका लागी सोनी हाङ्माको ससुरा, देवर, दुई आमाजू दीदीलाई पक्राउ गरिसकेको अवस्था छ । तर सोनीको श्रीमान युनिक राईले भने अर्कै दावी गर्दै मिडियामा आएका छन् । घटना सार्बजनिक भएसंगै उनले खुल्ला पत्र लेखेर समेत आफ्नो विचार राखी सकेका थिए । अहिले भने उनि मिडियाको टेलिफोन सम्पर्क मै आएर आफ्नो भनाई राखेका छन ।

केटा पक्षले झुण्डिएर आत्महत्या गरेको बताए पनि माइती पक्षले भने मृत्यु रहस्यमय भएको बताउँदै हिजो मंगलबार प्रहरीमा जाहेरी दिएका थिए । उनिहरूले घटनाको छानविन सुरू गरेपछी मात्र पोस्टमार्टम गर्न दिइने अडान कसेको छ । घटनाको दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै बिहान छलफल गरीएको मृतक सोनीको काका टेकराज तिगेलाले बताए । मृतक सोनीले गएको असारमा धरान ११ का सिंगापुरे लाहुरेसँग विवाह गरेकी थिइन् ।

हेर्नुहोस