बामदेवलाई सांसद बनाउन उनले चुनाव जित्नुपर्दैन, खतिवडालाई ‘बडा सल्लाहकार’ बनाउन पनि उनले गतिलो काम गर्नु पर्दैन, रातारात पार्टी फोर्ने बिधेयक ल्याउनुपर्दा बिधिको गिदी निचोरे पनि केही हुदैन।

लेखक : सरगम भट्टराई सामाजिक संजाल मा लेख्नु हुन्छ :

बामदेवलाई सांसद बनाउन उनले चुनाव जित्नुपर्दैन, खतिवडालाई ‘बडा सल्लाहकार’ बनाउन पनि उनले गतिलो काम गर्नु पर्दैन, रातारात पार्टी फोर्ने बिधेयक ल्याउनुपर्दा बिधिको गिदी निचोरे पनि केही हुदैन।

तीन चार जना नेताको सेरोफेरोमा सारा लोकतन्त्रको घाँटीमा गलगाँड बसेको छ। हामी चैँ लोकतन्त्र लोकतन्त्र भनेर गर्व गरिरहेका छौँ। खासमा यो दुई चारवटा टाउकेहरुको लुटतन्त्र हो।

नपत्याए हेर्नोस्: यति, ओम्नीदेखि आफ्नाहरुका भट्टी हुँदै चिम्नीसम्म कुनै नियम कानून लाग्दैन, सरकारी ठेक्का मिलाएर जति लुडाए पनि केही हुँदैन, अदालतदेखि अख्तियार र राजदूतहरु भागवण्डामै बन्छन्। प्रधानमन्त्रीदेखि वडाअध्यक्षले भ्रष्टाचारको आरोपीलाई काखी च्याँपेको पनि बिधि मिलाएकै हुन्छ तर कार्यसम्पादनमा अब्बल, उज्यालोको सारथी, जनताको खुशीको नक्षत्र राष्ट्रसेवक कुलमान घिसिङलाई अर्को कार्यकाल कायम गर्न बिधि मिल्दैन।

हैन, के खान्छन् यिनीहरु?

घाँस खाने जनावरको पनि अवमूल्यन गरेजस्तो लाग्छ। खासमा यिनीहरुले जनताले के चाहन्छन् भन्ने बुझ्न सक्दैनन्?

सल्लाहकार छन् त? ए , तिनीहरु !

एउटा गुटको झुठ समातेर झम्टन बसेका अरिंगाल हुन् नि के को सल्लाहकार? अँ है !

सल्लाहकारले त सही सल्लाह दिन्छ। यिनले त पार्टीको झगडा सामाजिक संजालमा हाँक्छन्। बिकास गर्न हो र सल्लाहकार भएको? अनि के त?

स्वास्थ्य माफिया अनुकूल कानुन बनाउन ओके, ब्यापारीको गुन तिर्न ब्यापारीलाई सांसद बनाउन पनि ओके, डनको गुन तिर्न डनलाई सांसदको टिकट दिन पनि ओके तर १८ घण्टा लोडशेडिङ भएको मुलुकलाई उज्यालो बनाउने मान्छेको म्याद थप्न किन नो?

हुन त सन्त डाक्टर गोबिन्द के.सी. लाई बहुलाहा, माफियाके सरदार भन्ने पनि यतै छन्, रवि लामिछानेलाई ब्यभिचारी भन्ने पनि यतै छन्, रवीन्द्र मिश्रलाई भ्रष्टाचारी भन्ने पनि यतै छन्, महावीर पुनलाई सनकी भन्ने पनि यतै छन्। किनकी तिनको काम सत्ताको झूठो तारिफ गरेर आफ्ना मालिकहरुको दीर्घायुको कामना गर्ने र गरेबापत देशलाई लुट्ने नै हो।

अनि के को बिधि? के को कार्य सम्पादन मूल्याङ्कन?

पत्रपत्रिकाका हेडलाईन हेर्नुस्….

के भन्छन्? छन् त सदाचारका कुरा? महामारीमा त सरकारका निकायहरु भूँडी भर्न तल्लीन छन्।

कति कराउनु, अति भएपछि पनि नचेत्ने हामी नै हो।

अनि फेरि बन्दुक नै बोक्ने त?

कि राजा नै ल्याउने?

भो ! भो ! राजाको शासन पनि भोगेकै हो, बन्दुकेहरुको त दिनदिनै देखिएको छ। यी दुबैको औचित्य छैन। अबको लोकतन्त्र भनेको पद्धति, पारदर्शिता, ईमान्दारी र उत्कृष्टताको जगमा बनेको सुशासनमय नेपाल हो।

अनि नयाँ आएका बैकल्पिकले पनि गरेनन् त !

नयाँलाई जमानत जफत गर्देको हैन?

ए हो त गल्ती गरिएछ….

हुन त आँपको रुखमा अम्बा फल्दैन भन्ने सबैलाई थाहा छ। आलोचना गर्यो भने तैले के गरिस् भनेर खनिन्छन् । यो बिसंगतिको सबैले बिरोध मात्रै गर्ने तर चुनावमा तिनैलाई भोट दिने हो भने देश कहिल्यै बन्दैन।

अबको चुनावमा नि रुख र सूर्यमा ड्याम्म हान्ने कि यताउता आँखा तान्ने?

बुलेट हैन ब्यालेट गर्दा सोँचौँ !

अति भो, बोलौँ !