कुलमान घिसिङलाई अक्तियार प्रमुख नियुक्त गर्दा पनि झन् राम्रो हुन्छ ।

डा. ए पोख्रेल ।
१. सफा नियतको मानिस अक्तियार प्रमुख बनाउँदा पनि धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुने गर्छ । मानिसहरू उसको इमान्दारिता बाट पल पलमा डराउने हुन्छ ।

२. सफा नियतको मानिसले भ्रष्टाचार भएको प्रमाण देख्यो भने कम्तीमा पनि त्यसलाई ढाक छोप नगरी, आफ्नो बर्कत अनुसारको केश अगाडि बढाउछ । भ्रष्टाचारी संग मिलेर केशलाई कम्तीमा पनि तामेली मा राखेर छुटकारा दिँदैन ।

३. नेकपाको सरकारले सफा नियतको अर्थात् आफै कमाउ धन्दामा नलागी मात्र होइन, कम्तीमा पनि आउँदा दिनहरूमा हुने भ्रष्टाचारलाई ढाक छोप नगर्ने, अत्यन्तै नयाँ अनुहारको एउटा मानिस अक्तियार प्रमुख नियुक्त गर्नु आवश्यक छ । अब संसदीय चुनाव पनि आइहाल्छ ।

४. फरक विज्ञता भएर पनि केही फरक पर्दैन । बरु त्यही थेप्चो नाक भएको, त्यही कुलमान घिसिङलाई नियुक्त गर्न पनि सकिन्छ । कम्तीमा पनि उनी आफै अकुत पैशा कमाउन लाग्ने छैनन् । त्यो कुराले पनि कैयौ गुणा स्वतः फरक पर्न जान्छ ।

५. बरु उनलाई एउटा अनौपचारिक रूपमा भित्री सर्त राख्न सकिन्छ। ताकि “विगतका ठूला ठूला अनियमिता हाललाई अगाडि नबढाउनू, तर आउँदा दिनहरूमा कहीं कतै केही नछोड्नु शंका लागेमा” भनेर पनि त नियुक्ति दिन सकिन्छ नी ।

६. लौन सरकार अब यस्तै काम गरौं । जनताले ताली बजाएर सरकारको प्रसंसा तथा कुलमान स्वागत गर्ने थिए । छ अरु कोही देखिएको यस्तै राम्रो पात्र ?

७. शरद प्रसाद त्रिताल जस्ता पूर्व प्रशासकहरू पनि हुनुहुन्छ ! तर बालुवाटार जग्गाको प्रतिवेदन पेश गर्नु भएको हुँदा, यो सरकारले उहाँलाई त्यो जिम्मेवारी दिने कुरामा शंका छ ।
अस्तु ।
ए पोख्रेल ।