मन्त्रिपरिषदले गाडीभाडा बढायो, प्लेनभाडा तोकेन, असोज १ बाट लामो दुरीको यातायात र अन्तरिक हवाइ उडान खुला ! हेर्नुहोस आज भदौ ३१ गतेका मुख्य समाचारहरु :

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाइ उडान खुलाउने निर्णय गरेको केही मन्त्रीहरुले मिडियालाई बताएका थिए । तर मंगलबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक पत्रकार सम्मेलनमा असोज १ गतेबाटै बस र विमानहरु चल्न दिने निर्णय सुनाए ।

जनचासोको महत्वपूर्ण विषयमा क्याबिनेटको निर्णय स्पष्ट रुपमा बाहिर नआउँदा यातायात सञ्चालकहरु असोज ५ कै तयारीमा थिए । सम्भवतः यही कारणले हुनुपर्छ, हवाई यातायत सञ्चालकहरु १ गतेबाटै उडान थाल्ने सरकारी निर्णय कार्यान्वयन हुन नसक्ने निश्कर्षमा पुगेका छन् ।

०७६ साल चैत ११ देखि सरकारले रोकेको लामो दुरीको यातायात सञ्चालनका लागि सरकारले केही शर्तहरु तोकेको छ । र, यो अवधिका लागि ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले अनुमति दिएको छ । यो संगै आज भदौ ३१ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस |