पहिरोले क्षत बिक्षत बनेको चिसापानी सोल्टा सडकको मर्मत नहुँदा शास्ती खेप्दै यात्रुहरु

वीरेन्द्र रावल,

मोहन्याल(कैलाली) भदौ २६÷हालैको बर्षातको समयमा गएको बाढी र पहिरोले क्षत बिक्षत बनेको चिसापानी सोल्टा सडकको मर्मत सम्भार हुन नसकेका कारण सो सडकबाट यात्रा गर्ने मानिसहरु शास्ती खेःन बाध्य भएका छन्।

जिल्लाकै अति दुर्गम गाउँपालिका अन्तरगत पर्ने मोहन्याल गाउँपालिकाका अधिकांश सडकहरु बर्षातको समयमा भत्किुनका साथ साथै अधिकांस स्थानहरुमा पहिरोले सडक भत्काई दिएका कारण यातायातका साधनहरु समेत सञ्चालनमा आउन सकेका छैनन।

सो गाउँपालिकाको चिसापानी सोल्टा सडकखण्डमा सञ्चालन हुने सडक मर्मत कार्य नभएका कारण सो सडकमा नियमित रुपले सञ्चालन हुँदै आएका माल बाहक ट्रयाक्टरयात्रुबाहक जीप र उम्बुलेन्स समेत सञ्चालनमा आउन नसकेका कारण मानिसहरु निकै शास्ती खेप्न बाध्य भैरहेका छन्।

सो सडक खण्डको केलाडी पघारमा गएको पहिरोका कारण मानिसहरु पैदल यात्रा गर्ने बटुवाले समेत भीरमा हेर्दै दौडेर पहिरो भएको क्षेत्र पार गनर््ुपर्ने बाध्यता सृजना भएको छ कुरा मोहन्याल ७ का लिलाराम माझीले बताएका छन् । माझीले भने– सडक बिग्रैको तीन महिना जति बिति सक्दापनि सडक मर्मत गर्ने दिसामा सम्बन्धीत निकायको खासै ध्यान जान सकेको छैन।

सो गाउँपालिकाको सिमली पण्डौन सडक,बडिकाथाई कोल्तडी सडक समेत अस्तव्यस्त भैरहँदा पनि सडक मर्मतका लागि पहल नभएका कारण मानिसहरुले काम बिशेषले तराई झनु पर्दा दुई दिन पैदल यात्रा तय गर्नुपर्ने बाध्यता रहेको बताउनु हुन्छ ) मोहन्याल २ लेतेखालीका रमेश सापकोटा । सापकोटाले भन्नु भयो– मानिसहरु विरामी पर्दा समेत अस्पताल देख्न नपाएर ज्यान गुमाउनु पर्नेबाध्यता सृजना भैरहँदा सम्मपनि गाउँपालिका,प्रदेश सरकार र केन्द्र सरकारको खासै ध्यान पुग्न सकेको छैन । मोहन्याल गाउँपालिकामा लामो समयदेखि कर्मचारीको अभाव र बर्षातको समयमा पहाडी सडकहरु जति मर्मत सम्भार गर्दापनि कच्चीबाटो पुनः बर्षातको भेलले पूर्वत अवस्थामा पुगाई दिनेगरेको बताउनु हुन्छ– मोहन्याल गाउँपालिकाका अध्यक्ष मोहनसिंह रावल।

सुगम जिल्लाको दुर्गम गाउापालिकाको रुपमा रहेको मोहन्यालका जनताले सडक ,विजुली,स्वास्थ्य,शिक्षा लगायतका सेवाबाट बञ्चित हुनुपरिरहेकाले सो क्षेत्रमा तत्काल आधारभू्रत आवश्यकता परिपूर्तीका लागि बिशेष पहल गर्नुपर्ने माग स्थानीयको रहेको छ ।