भाइरल जन्तरे मामाको घरमा मध्यरातमा यति धेरै रमाइलो ,गायन मात्र हैन अभिनय पनि दमदार देखियो (भिडियो सहित)

छिल्लो समय सामाजिक संन्जालमा रातारात भाइरल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नारायण गोपाल भन्ने टाईटलमा भिडियोहरु सार्वजनिक हुन् थाले पछि उनि रातारात भाइर बनेका हुन् ।पाँचथरको फिदिममा जन्म लिएका उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो ।

उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे रे । त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टाइटल दिएको ।यतिबेला उनको आवाजले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन थालेको छ । भाइरल जन्तरे मामा गायनमा मात्र नभएर अभिनयमा पनि धेरै राम्रो प्रतिभा तलको भिडियोमा देख्न सकिन्छ ।