हेर्नुस द,’लित घर भित्र पसेको भन्दै १२ बर्षको बालिकालाई कु,’टियो, शरीरमा निलडाम देखाउदै यसो भनिन (भिडियो सहित)

मोरङको उर्लाबारी–४ थापाडाँगीकीमा दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्तीलाई कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् । फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गालेनै आश्रय दिइरहेकी छिन् । श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ ।

सोमबार उनी चिसो पानी लिन छिमेकी तुलसा खतिवडा श्रेष्ठको घरमा गएकी थिइन् । तुलसा नन्दलालकी बुहारी हुन् । उनीहरू अलग–अलग घरमा बस्छन् । ‘नानी (फुलसरी) सधैँ त्यो घरमा जाने र पस्ने गरेकी थिई । सोमबार फ्रिजमा राखेको पानी लिन पठाएँ । घरमा सानो नानी मात्र रहेछ । ऊसँगै फुलसरी पनि भित्र गइछ,’ दुर्गाले भनिन्, ‘श्राद्ध छ, हामीले खाना चढाएको छैन भन्दै नीलडाम हुनेगरि कुटपिट गरे । त्यो घरमा त श्राद्ध पनि थिएन, नन्दलालको घरमा पो श्राद्ध थियो ।’ फुलसरीलाई छुटाएर ल्याउँदा आफूमाथि पनि कुटपिट गरेको उनले बताइन् । के भनेर कुटियो त बालिकालाई ? तल भिडियोमा जस्ताको तस्तै दृश्य हेर्नुहोला ।