विवाह गरेकै हुन् त भाइरल अर्जुन विकले (भिडियो हेर्नुस)

काठमाडौं १९ भाद्र ,

केहिसमय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रमेश परियार र सन्ध्या परियारको स्वरमा रहेको “पिरती छुटाए” बोलको गीतको भिडियोमा अर्जुन विक र सरस्वती फुयालको जीवन्त अभिनय देख्न सकिन्छ ।

श्रीमतीले छाडेर गएपछि पिठ्युँमा छोरा बोक्दै राजधानीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् ।

भाइरल व्यक्तिलाई भिडियोमा देखाउन पाइन्छ भन्ने निर्माताहरुलाई राम्रैसँग थाहा छ ,त्यसैले त यतिबेला अर्जुनको व्यस्तता ह्वात्तै बढेको छ ।यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस्