नेपालका एक हस्ती योगी नरहरी नाथले राजा वीरेन्द्र तथा व्यवस्थालाई सिधै लक्षित गरेर यस्तो टिप्पणी गरेका रहेछन्, जबकि उनी पञ्चायत का खम्बा थिए:

डाक्टर ए पोख्रेल ।

नेपालका एक हस्ती योगी नरहरी नाथले राजा वीरेन्द्र तथा व्यवस्थालाई सिधै लक्षित गरेर यस्तो टिप्पणी गरेका रहेछन्, जबकि उनी पञ्चायत का खम्बा थिए:

१. राजा वीरेन्द्रलाई आफ्नो छाता पनि बोक्न नसक्ने, अर्काले ओढाइदिएको छाता ओढ्ने अभिव्यक्ति दिंदै राजकाजमा असक्षम भएको घोसना गरेका थिए । जसले गर्दा त्यो ” छाता कान्ड” ले चर्चित थियो ।

उनी अझ अगाडि लेख्छन्:

२. ‘कृत्रिम रवाफबाट गुलामी बढ्छ । व्यसन र फेसन त्याग्नुपर्छ । अर्काको भरमा काम हुँदैन । पराधीनलाई कसैले पत्याउँदैन । मौलिक रूपमा माथि उठ्नु नै आफू र सत्ताको ताकत निर्माण गर्नु हो ।

३. विदेशी सहायताले कुनै देश स्वतन्त्र हुँदैन । सलामी गर्नेले गुलामी गर्छ, देशको रक्षा त्यस्ताबाट हुन्न । कैकयी, मन्थरा नीतिले समस्याको निदान हुन्न । कहिलेसम्म पछि लागिरहने? आफ्नो धरोहर आफै निर्माण गर्नु पर्छ ।

४. व्यक्तिवाद र गुटबन्दी पहिले त्याग्नुपर्छ । हावा पनि सित्तैमा लिनु हुन्न । अनुदान बल्छी हो– बाठा माछा बल्छी खान्छन्, पाखामा पर्छन् । बल्छि चिन्न नसक्ने ले पानीमा धेरै समय पौडी खेल्न पाउँदैन ।

५. म जोगी हुँ, विश्व मानव हुँ । कसैको चाकर हैन । नेपाली दाता हो, अज्ञानी र दानी बीर पनि हो । हामी अर्घेलो गर्दैनौं, पुर्ख्यौली पनि छाड्दैनौं । पुर्खाको गर्व नगर्नेहरुको पतन स्वतः सुरु हुन्छ ।

६. भारतीय राष्ट्रपतिका अंगरक्षक नेपाली हुन्छ, इन्दिरा गान्धी मार्नेलाई पनि मार्ने नेपाली हुन्छ । त्यो कसरी सम्भव भयो! किन नेपाली राखिन्छ त्यहाँ, यसको रहस्य बुझ्न सक्नु पर्छ ? विश्वासमा नेपाली राखिन्छ ।

७. नेपाल राष्ट्र भनेको सिंगो भारतीय उपमहाद्वीप को शीर हो । शीरलाई ठण्डा राख्न सक्नु पर्छ तर पेटलाई नरम राख्नु पर्छ । (देशान्तर ४ वैशाख २०४६)

८. नयाँ नेपालमा अहिलेको अवस्था के छ ?

जबकि उनी पञ्चायत का कट्टर समर्थक मात्र होइन, एउटा विशाल बौद्धिक खम्बाको रूपमा काम गर्दथे । यो कथित “नयाँ नेपालमा” कसैले यसरी आफ्नो कुरा राखियो भने ” उ त हाम्रो ठूलो सत्रु हो” भनेर लखेट्न सुरु गरीहल्छन् !

९. फरक विचार अर्थात् बौद्धिक क्षमता पहिचान गर्नु त टाढाको कुरा भयो, केही गरी बाहिर देखिएको दृश्य मात्र सत्तालाई अर्थात् यहाँका ठूला पार्टीहरुले उसको प्रत्येक क्षण क्षणमा उसलाई सधैंको लागि सखाप पर्छन् । त्यही भएर त देश दिनप्रतिदिन झन् झन् पराधीन मात्र होइन विखण्डित दिशातिर उन्मुख भइरहेको छ ।

१०. नयाँ नेपालमा योगी नरहरिनाथ हरु कहाँ छन् र तिनीहरू कहाँ के गर्दै होलान् ? तिनीहरूको पहिचान तथा जिम्मेवारी कसले कहिले देखि सुरु होला ? यस्ता कुरामा नेपाल अन्धकारमय छ !

अस्तु ।
प्रस्तोता:
ए पोख्रेल ।