पुल्चोकमा पिटीएका प्रहरीको बारेमा कुमार राइ आक्रोशित, प्रहरीलाई पिट्नेलाइ दिए यस्तो डरलाग्दो चेतावनी (भिडियो सहित)

रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार बिहानैदेखि पुल्चोकमा प्रदर्शनमा गरिरहेका थिए।निषेधाज्ञा उल्लंघन गर्दै भेला भएका उनीहरूले आफैं रथ तानेर दिउँसाे १ बजे अगाडि पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याए।दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गयो। सो क्षेत्रमा प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। उनीहरुलाई रोक्न प्रहरीले सम्झाइबुजाई गरिरहेको थियो। तर, नमानेपछि प्रहरीललाई जिल्ला प्रशासन कार्यालयको भिड नियन्त्रण गर्न वाटर क्यानन प्रयोग गर्न निर्देशन दियो। वाटर क्यानन देखेपछि आक्रोशित युवाहरुले ढुंगामुडा गरे।

प्रहरीलाई लखेटेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भयो। केहीबेरपछि प्रदर्शनकारी साम्य भए।तर, बेलुका ४ बजेपछि स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भयो। झडपमा केही प्रहरी, पत्रकार तथा युवाहरु घाइते भए। स्थिति असहज हुँदै गएपछि प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास पुनः हान्यो । ट्राफिक प्रहरीले जउलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई डाइभर्ट गरिरहेको थियो। त्यहीँ थिए प्रहरी सहायक निरीक्षक कृष्ण घलान र प्रहरी जवान कमलप्रसाद घिमिरे। कमलप्रसाद घिमिरेलाई ८–१० जना भएर लडाएर कुट्न थाले, जुन भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ। यो भिडियो देखेपछि धेरैको मन दुखेको गुनासो गर्दै समाजसेवी कुमार राईले घिमिरेलाई प्रहार गर्नेहरुलाई कडा जबाफ दिएका छन् , भिडियोमा हेर्नुहोला ।