अर्घाखाँचीमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार ३ वर्षीय बालकको मृ,’त्यु

कमला घिमिरे अर्घाखाँची ।
सन्धिखर्क । अर्घाखाँचीमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार ३ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका २ राजुबास झोलुङ्गे पुल नजिकै ना ८ ख ६६९८ नम्बरको टिपरले लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सन्धिखर्क नगरपालिका ७ का ३ वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

साना दुई बच्चा सहित ४ जना सवार रहेको मोटरसाईकलमा ३ जना सामान्य घाईते भएको खत्रीेले बताए । टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।