लिदी गाउका ३७ घर चांपिए पहिरोले पुरै गाउं शोकमा

टंक पन्त,
काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउपालिका २ लिदी गाउका प्रकाश दोङ शुक्रबार बिहान उठेर घरको काम गर्र्देै थिए तर एक्कासी उनलाई केले चाप्यो थाहै नभई उनको ज्यान गयो । पल्लो घरमा काम गर्र्देै गरेका तर सयोगले बाच्न सफल रेश्मी दोङ भन्छन —एक्कासी के आयो के आयो भनेको पहिरो आएको रहेछ त्यो समिझदा अहिले पनि डर लागिरहेको छ ।

प्रकाश जस्ता ११ जनाको मृत्यु भैसकेको छ भने ३८ जना बेपत्ता भएका छन । उनीहरु पुरिएको आशंका गरिएको छ । पहिरोले नपुरिएका घरका परिबारलाई सुरक्षित ठाउमा सारिएको र गृहमन्त्री रामबहादुर थापा र गृहसचिब महेश्वर न्यौपाने सहितको टोली घटना स्थलमै पुगेर राहत प्रदान गरिसकेको छ ।

कतिपय परिबार सुतिरहेको अबस्था थियो भने कतिपय परिबार उठेर घरको काम धन्दामा लागिसकेका थिए तर तिनीहरुको आवाज कसैले सुन्न नपाई ज्यान गएको छ । पुरिएकाहरुलाई खोज्न पनि निकै गाह्रो भैरहेको बताइएको छ । बिहान ६ बजेतिर माथिबाट झरेको पहिरोले २७ घर पुरेको र जसमा कम्तिमा ३८ जना बेपत्ता भएको अर्थात परिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । तर एकिन तथ्यांक दिन नसकेको अबस्था छ किनकि परिबारका कति कति सदस्य थिए भन्ने एकीन पनि हुन बाकी नै छ ।

सिन्धुपाल्चोक सदरमुकामबाट पैदल यात्रा एक दिन टाढा रहेको लिदी गाउं खतरामा रहेको भनी बडाध्यक्ष प्रताप मल्लले केन्द्र देखि प्रदेश सरकारलाई समेत निबेदन दिई बस्ती सारिदिन आग्रह गरिएको तर त्यो कुराको सुनुवाई नहुंदा आज लिदी गाउ पुरै शोकमा डुबेको छ भने ठुलो जनधनको क्षति भएको बताएका छन ।

एक हप्ता अगाडि यहि साउनको २३ गते सो बस्ती जोखिममा रहेको भनी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला बिपद ब्यबस्थापन समितिलाई जोखिम बस्ती पहिचान गरी स्थानान्तरणका लागि अनुरोध गरिएको थियो तर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कुनै चासो नदिएको कारण ठुलो दुर्घटना मात्र होइन ठुलो संख्यामा नागरिकहरुको ज्यान गएको स्थानीय आशाराम तामाङले बताउनुभएको छ ।

२६ मेघाबाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा बिष्फोटन गराउदा जमिन हल्लिएको र ०७२ सालको भुकम्पले पनि केही न केही रुपमा धक्का दिएका कारण दोहोरो मार जमिनमा परेको थियो जसले गर्दा पहिरो गएको हो , तामाङले भनेका छन –हामीले दिएको निबेदनमा नाम्फा , सञ्चगाउं, लिदी , झुल्के , निम्लुङ, बैगाङ लगायतका ५ सय घरहरु जोखिममा रहेको जानकारी गराएका थियौ तर सुनुवाई भएन आज यो दुखद दुर्दशा भोग्नुपरेको छ ।

जिल्लाको सबै भन्दा दुर्गम गाउका रुपमा रहेको लिदी गाउका बासिन्दा आर्थिक रुपमा पनि निकै कमजोर रहेका छन । नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा दिनभरि क्रियाशील रहेको तर बेपत्ता भएकाहरु भेटाउन गाह्रो भैरहेको बताइएको छ । घटना स्थलमा शुक्रबार दिउसो पुग्नुभएका सभामुख अग्नि सापकोटाले पनि घाइतेहरु र अन्य प्रभाबितहरुलाई सान्त्वना प्रदान गर्नुभएको थियो । घाइतेहरुलाई उपचाररार्थ हेलिकप्टरमार्फत काठमाडौ ल्याइएको छ ।

३७ घर मध्ये १३ घर पुृर्ण रुपमा क्षति भएका छन भने अन्य घर प्रभावित भएका छन । केही घर आशिंक क्षति भएका छन ।सो ठाउमाा हिउदमा ट्रक र मोटरसाइकल जान थालेको भएपनि बर्षाको समयमा कुनै पनि यात्रुबाहक सबारी साधन चल्दैनन । यधपि हिउदमा पनि यात्रुबाहक साधन चलिसकेका थिएनन ।

त्यसैगरी गए राति नै कालिकोटको महाबै गाउपालिकामा गएको पहिरोले गर्दा एकै परिबारका ६ जनाको मृत्यु भएको छ । मकवापुरमा पनि पहिरोकै कारण एक जनाको मृत्यु भएको छ ।

सभामुख अग्निसापकोटा घटनास्थल पुगेर फर्किएपछि शोक बक्तब्य जारी गरी ३७ घरमा गभीर क्षति भएको र १३ घर पुरै परिएको बताउनुभएको छ । उहाले आफु बिहानै घट्ना स्लल पुगी तत्काल ५ जना गभीर घाइतेलाई उपचारका लागि चौतारा र काठमाडौ ल्याइएको उल्लेख गर्नुभएको छ ।

नेपाली सेना , नेपाल प्रहरी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी पुनस्र्थापनाका लागि पहल जारी रहेको सभामुख सापकोटाले बताउनुभएकोा छ । उहाले ०७२ सालको भुकम्पका कारण ठुलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भुगोलका कारण अझै यस्ता प्राकृतिक बिपत्तिका घटना दोहोरिन सक्ने भएकोले सचेत रहन सम्पुर्ण जिल्लाबासीलाई आह्वान पनि गर्नुभएको छ ।

तश्वीर, सभामुख सापकोटाका प्रेस सल्लाहकार एवं पत्रकार श्रीधर न्यौपानेबाट
साभार : इनेप्लिज