वारंवार ब्युंतिराख्ने वुद्ध जन्मस्थल विवादको समाधान के त?

नेपाल सरकारलाई समस्याको जरो उखेल्ने बाटो देखाउँदा  र बताउँदा पनि  त्यस्मा नलाग्ने, अनि बारंबार निस्कने यस्ता समस्याको बिरोध गर्दै नेपालीहरु कति बस्ने? समस्यालाई स्थायी रुपमा समाधान गर्न नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।

सात देशका प्रधानमन्त्री र राष्ट्रतिलाई लेखेको रिपोर्ट पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई र कुटनितिक नियोगहरु मार्फत बिभिन्न देशका पाठ्यपुस्तकमा भएका वुद्ध जन्मस्थल बिषयमा भएका गल्ती सच्याउनेबारेको ज्ञापनपत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई हस्तान्तरण गर्दै

भारतीय विदेशमन्त्री एस. जयशंकरले हालै गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै प्रचार गरेको बिषयलाई लिएर पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्रीहरु, पररास्ट्र मन्त्रालय लगायत वरिष्ठ ब्यक्तिहरु सामाजिक सन्जालमा बिशेष गरी ट्विटरमा बिरोधमा उत्रिएका छन । यसरी आबस्यक पर्दा मात्रै बोल्ने, तर लुम्बिनीको बिकासका सम्बन्धमा दुई गुरु योजना तयार भैसक्ता पनि तदनुरुप काम भने गर्न नसक्ने वाताबरण छ – व्याबहारिक रुपमा “घ्याम्पो डरायो, म त डराइन” भन्ने स्पस्ट छनक सबैद्धारा प्रदर्शन गर्ने संस्कारगत परिपाटी यो परिणामका लागि जिम्मेवार छ । प्रो केन्जो टांगेले तयार गरेको गुरु योजना योजना मुताबिक काम भएको भए यस्ले मूर्त रुप लिएको ३५ बर्ष भैसकेको हुन्थ्यो, तर हाम्रो भू-राजनीतिक अवस्थाले गर्दा त्यस्ले मूर्त रुप पाउन नसकेको मात्रै होइन प्रो क्वाकद्धारा तयार गरिएको अर्को गुरु योजनाले पनि मूर्त रुप पाउने कुरामा सन्देह छ । हाम्रो भू-राजनीतिक अवस्थाका कारण लुम्बिनीको बिषयमा हुनुपर्ने काम प्राथमिकताका साथ जसरी हुनुपर्थ्यो त्यस्को थोरै प्रतिशत पनि हुन सकिराखेको छैन र वुद्ध जन्मस्थल बिषयलाई बारंवार यसरी नै बल्झाइराख्ने गरिएको छ । बिबादितको सट्टा निर्बिबाद यथार्थताका आधारमा यो समस्या समाधानको स्थायी समाधानको लागि लुम्बिनीसम्बन्धी नयाँँ कुटनीतिको जरुरत भएको महसूस गरी अभियानले तदनुरुप काम गर्न शुरु गरिसकेको छ ।

लुम्विनीको विस्वब्यापी महत्व छ र न यस्लाई समस्याको रुपमा बारंवार बल्झाउने गरिएको छ केही प्राबिधिक त्रुटी र नेपालको कम्जोरीलाई आधार बनाएर । नेपालीहरुले वुद्ध जन्मस्थल लुम्बिनीलाई राष्ट्रियतासंग मात्रै जोडेर हेर्ने गरेका छन, तर यस्को विस्व शान्तिसंग गहिरो सम्बन्ध छ र विस्वब्यापी धार्मिक गन्तब्यस्थल हुने क्षमता राख्छ लुम्बिनीले । त्यसैले यस्लाई समस्याको रुपमा बारंवार ब्युताउने गरिन्छ र यस्को समस्याको स्वरुपका कारण यस्को मुद्धा भनेको विस्व प्रजातन्त्र सबलिकरण र मानब अधिकार हननको प्रतिरक्षासंग पनि छ । लुम्बिनी कुटनीतिका आधारहरु यी कुराहरुलाई बनाएर यिनका आधारमा यो समस्याको स्थायी समाधान गर्नतिर नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।

देशको भू-राजनीतिक अवस्थाका कारण सरकारलाई काम गर्न सहज होस भनेर यो काम गर्दा प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हननको प्रतिरक्षा र विस्व शान्ति उत्प्रेरणा जस्ता कुराहरुलाई लुम्बिनी कुटनीतिका स्तम्भ बनाइनुपर्ने अभियानको पछिल्लो अवधारणा अनुरुप नै अभियानका तर्फबाट मैले ७ देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई लेखेको रिपोर्टको अंग बनाइएकोले नेपाल सरकारले अभियानको लुम्बिनी कुटनीतिको यो मर्म बुझेर यसरी अनाबस्यक बारंबार बिरोधमा उत्रेर समय र शक्तिको दुरुपयोग गर्नु र लुम्विनीको बिकास गर्न ठोस कदम चाल्न भित्रभित्रै त्रसित हुनुको अलावा यस्ता समस्याको जरो उखेल्नतिर यथाशिघ्र लागेर समस्याको स्थायी समाधान गर्न लाग्नु बुद्धिमानी हुनेछ ।

वुद्धजन्मस्थल बिषयक समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्यपुस्तकमा भएको समस्या भएकोले भारतीय नेता, कलाकार, पत्रकारले बेला बेलामा निकाल्ने यस्ता झिनामिना बिबादित कुरा न त यो पहिलो हो न त पछिल्लो नै हुनेछ । नियतबस गरिने यस्ता कुराहरुको बारंवार बिरोध गर्दै नेपाली कति बसिराख्ने ? यस्को सट्टा पुरातात्विक प्रमाणका आधारमा रहेर २ देशको पाठ्यपुस्तक सच्याइसकेको र अभियानका तर्फबाट एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई मैले ७ देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई लेखेको रिपोर्ट ३० डिसेम्बर २०१५ मा हस्तान्तरण गरेपस्चात त्यस्कै आधारमा मन्त्रीपरिषदले निर्णय गरी संस्कृति मन्त्रालयले पररास्ट्र मार्फत ती देशमा पत्राचार गरिसकेकोले त्यस्को फलोअप गर्दै अन्य देशमा पनि सच्याउन लागियो भने यो समस्या समस्या रहन्न । नेपाल सरकारलाई समस्याको जरो उखेल्ने बाटो देखाउँदा र बताउँदा पनि त्यस्मा नलाग्ने, अनि बारंबार निस्कने यस्ता समस्याको बिरोध गर्दै नेपालीहरु कति बस्ने? समस्यालाई स्थायी रुपमा समाधान गर्न नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।

हुन त भारतका Ministry of External Affairs का आधिकारिक प्रबक्ता अनुराग श्रीवास्तबले नेपालको पररास्ट्र मन्त्रालयले “well-established and undeniable fact proven by historical and archaeological evidences that Gautam Buddha was born in Lumbini, Nepal” उल्लेख गर्दै र २०१४ मा भारतका प्रधानमन्त्री मोदीले नेपालको संसदमा ‘Nepal is the country where apostle of peace in the world, Buddha, was born’ भनी बोलेको स्मरण गराउँदै जारी गरेको बिज्ञप्तिको भोलिपल्टै there is “no doubt” that the founder of Buddhism was born in Nepal भनी स्पष्टिकरण दिए तापनि यस्ता काम भबिस्यमा पनि बारंबार दोहोरिने कुरामा सन्देह छैन ।

यो समस्या समाधान र न्यूनिकरणका खातिर बर्तमान प्रधानमन्त्री योभन्दा अघि प्रधानमन्त्री भएको बेला र पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचन्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका तात्कालिन अध्यक्ष खिलराज रेग्मी लगायत अन्य नेताहरुसंग बिभिन्न किसिमबाट प्रयास गरिसकेको छु अभियानका तर्फबाट । निर्बिबाद यथार्थताका आधारमा देशको भू-राजनीतिक अवस्थाका कारण सरकारलाई काम गर्न सहज होस भन्ने अभियानको चाहना हो । समस्याको स्थायी समाधानको लागि काम गर्दा प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हननको प्रतिरक्षा र विस्व शान्ति उत्प्रेरणा जस्ता कुराहरुलाई लुम्बिनी कुटनीतिका स्तम्भ बनाइनुपर्ने अभियानको पछिल्लो अवधारणा अनुरुप नै अभियानका तर्फबाट मैले ७ देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई लेखेको रिपोर्टको अंग बनाइएकोले नेपाल सरकारले अभियानको लुम्बिनी कुटनीतिको यो मर्म बुझेर यसरी अनाबस्यक बारंबार बिरोधमा उत्रेर समय र शक्तिको दुरुपयोग गर्नु र लुम्विनीको विकास गर्न ठोस कदम चाल्न भित्रभित्रै त्रसित हुनुको अलावा यस्ता समस्याको जरो उखेल्नतिर यथाशिघ्र लागेर समस्याको स्थायी समाधान गर्न लाग्नु बुद्धिमानी हुनेछ ।

रामकुमार श्रेष्ठ @Ramkshrestha (लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार)