जन्म दिनमा ४०,००० रुख रोप्ने विस्वकै महंगो मोडेल एबं नायिका गिसेल

ब्राजिलकी मोडेल, वाताबरणकर्मी, लेखिका, नायिका एबं ब्यबसायी गिसेल क्यारोलाइन बुण्डचेन विस्वकै सबैभन्दा महंगो मोडेलमध्येमा पर्छिन र उन्ले आफ्नो चालिसौं जन्मदिन ४०,००० बिरुवाहरु रोप्ने लक्षलाई मूर्त रुप दिंदै ऐतिहासिक बनाइन । वाताबरणमाथि मानिसद्धारा गरिएको स्वार्थपूर्ण शोषण र मनपरितन्त्रको विस्वका नेताहरुको सामु नै राष्ट्र संघ जस्तो निकायमा गरिएको वारंवारको चर्को बिरोध र यस्तो गंभिर समस्यालाई गंभिरतापूर्बक लिइनुपर्ने आग्रहका बाबजुद विस्वका नेताहरुद्धारा त्यहाँ ताली बजाएर समर्थन जनाउने, तर समाधानका खातिर सिन्को नभाँच्ने प्रबृत्तिका परिणामको रुपमा आज संपूर्ण विस्व नै कोरोनाको महामारीद्धारा थिलो थिलो भएको कुरालाई स्वीकारिराखेकै बेलामा गिसेलले आफ्नो जन्मदिनमा ४०,००० विरुवा रोपेर मनाउँदै प्रकृतिलाई ठूलो उपहार दिने जुन उदघोष गरिन त्यस्ले अन्तराष्ट्रिय संचार जगत तताउनु स्वाभाबिकै थियो ।

आफ्नो उदघोषलाई गिसेलले यसरी लेखेकी थिइन, “As some of you know, my birthday is coming up on July 20th. And it’s not just any birthday! I can’t believe I am turning 40. I feel like a whole new chapter of my life is starting, and I wanted to celebrate it in a meaningful way, so I decided to plant 40,000 trees. I have been planting trees for different projects for years, as I feel that this is the best way I know to give back to Mother Earth.”

गिसेलले आफ्नो उदघोषसंगै आफ्ना साथी र नातेदारहरुलाई उन्को जन्मदिनमा उपहार दिनुको सट्टा अमेजन रेनफरेस्टमा रुखहरु थप्न आग्रह मात्र गरिनन, आफ्ना समर्थकहरुलाई उन्को लक्ष प्राप्तीको लागि सहयोग गर्न पनि आग्रह गरिन । एकाध दिनमा नै ब्राजिलकी यी सुन्दरी गिसेलले ५०,००० भन्दा बढी रुखको लागि सहयोग प्राप्त गरिन ।

गिसेल २००१ देखि नै विस्वकै महंगो मोडेलको लिस्टमा पर्दै आएकीमा २००७ मा उनी विस्वकै मनोरन्जन क्षेत्रमा कार्यरत महिलामध्येको १६ औं धनी महिलामा परिन भने २०१२ मा फोर्ब्सको सबैभन्दा धनी मोडेल लिस्टमा परिन र २०१४ फोर्ब्सले तयार गरेको विस्वकै प्रभाबशाली महिलाको लिस्टमा ८९ औं नम्बरमा परिन ।

धर्ती सुपुत्री गिसेललाई उन्को यो ऐतिहासिक ४० औं जन्मदिनको हार्दिक शुभकामना!!!

श्रोत: रामकुमार श्रेष्ठको फेसबुक पेज Twitter @Ramkshrestha