जन्मदिनको लाख लाख शुभकामना छोरी ! राम प्रसाद खनाल

राम प्रसाद खनाल आफ्नो फेसबुक वालमा आफ्नी छोरी को जन्म दिन बिसेष जानकारी गराउनु भएको छ ।
मेरो घरको उज्यालो, मेरो परिवारको खुसी, मेरो घरको लक्षिन, मेरो अमूल्य सम्पत्ति, मुटुको धड्कन, असल र ज्ञानी छोरी सुस्मा खनाललाई जन्मदिनको लाख लाख शुभकामना र शुभ आशिर्बाद । घरमा जन्मदिन मनाउने चलन खासै छैन, जुकेरबर्गको यो भित्तामा भए पनि मनाइदिउँ भनेर शुभकामना लेखियो ।

ए हजुर, आफु त गुल्मीको गाउँमा जन्मेको मान्छे । यो फेसबुक नआउन्जेल जन्मदिन थाहा पाउन नागरिकताको खोस्टो हेर्न पर्थ्यो । यो फेसबुकले पनि गर्नु गर्‍यो भन्या । घरमा जन्मदिनको शुभकामना भन्ने चलन नभए पनि फेसबुकमा नभन्दिए छोराछोरीले चित्त दुखाउलान भन्ने डर भो त्यसैले दियो शुभकामना सुस्माका बाउले पनि । तर यो देखासिकी र फेसनले हामीलाई कहाँ पुर्याउने होला, म घरी घरी टाउकाँ हात राखेर सोँच्छु भन्या !