काठमाडौँमा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी!

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका ललितपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ललितपुरका २ जना त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौँका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।