बुद्धको मूर्ति नष्ट गर्ने ४ जनालाई पाकिस्तानी प्रहरीद्वारा गिरफ्तार

उत्तर पश्चिमी पाकिस्तानको एक ऐतिहासिक बौद्ध स्थल नजिकै निर्माण कार्य गर्दा उनीहरूले भेट्टाएको बुद्धको पुरातन मूर्तिलाई नष्ट गरेको आरोपमा प्रहरीले गत शनिबार चार जनालाई पक्राउ गरेको अधिकारीहरूले जनाएका छन् ।

मर्दानको जिल्लामा पक्राउ परेको केही घण्टा पछि सामाजिक संजालमा एउटा अङ्कीयदृश्य व्यापक (भिडियो भाइरल) भएको थियो । उक्त अङ्कीयदृश्यमा एक व्यक्तिले मूर्तिलाई हतौडाले तोडेको देखिन्छ भने उक्त मूर्ति अझै भुइँमा ढली रहेको थियो।

स्थानीय पुरातत्वविदहरूले पछि बुद्ध मूर्ति ऐतिहासिक मूल्यको थियो भनेर निर्धारण गरेका छन । मुलुकको पुरातन वस्तुको कानून अन्तर्गत अभियोग लगाइएका ती व्यक्तिलाई दोषी ठहरिएमा ५ बर्षको कारागार हुन सक्ने छन् । कानूनले कुनै पनि पुरातन चीजलाई क्षति पुर्‍याउने प्रतिबन्ध लगाएको प्रहरीले बताए ।

“हामीले नष्ट गरिएको बुद्धको टुक्राहरूलाई यसको पुरातात्विक मूल्यको मुल्यांकन गर्न आफ्नो कब्जामा लिएका छौं । तर स्पष्टतः यो एउटा प्राचीन थियो। हामीले दुर्भाग्यवस गुमायौ ,”प्रान्तको पुरातत्व विभागका प्रमुख अब्दुल समद खानले भने।

प्रहरीले भने कि उनीहरूले स्थानीय बासिन्दाहरुलाई सोधपुछ गरि रहेको बताए ।

यो घटना तखत भाईको नजिकै भएको हो भने हिमाली क्षेत्र जो कुनै समय गन्धाराको एक भाग थियो । एक महत्त्वपूर्ण बौद्ध राज्य जुन आजको पाकिस्तान र अफगानिस्तानमा १ हजार भन्दा बढी वर्ष अघि फैलिएको थियो।

पाकिस्तानसँग सम्पन्न सांस्कृतिक सम्पदा छ तर पर्याप्त सुरक्षाको लागि यस सँग स्रोत छैन।

श्रोत :एपी का लागि रियाज खान / इनेप्लिज