रुकुम जाजरकोट ह’,त्या,काण्ड न्यायको लागि आइजिपीसंग पुगियो – सरु सुनार

रुकुम जाजरकोट हत्याकाण्ड र देश भरी समुदायमाथी भएका घटनामा न्याय खोज्दै आज आइजिपीसंग घटनाका फाइल बुझाउदै

रुकुम -जाजरकोट हत्याकाण्डमा थप अनुसन्धान र अन्य घटनाका हत्यारालाई खोजी कारवाही गर्न र मृतक र घाइते परिवारको सुरक्षा संगै देश भरी समुदाय माथी भएका हत्याका घटनामा न्यायको लागि आइजिपी सैलेश थापा क्षेत्रीलाई रुकुम जाजरकोटको हत्याकाण्डमा इ सेवा समाज नेपाल र म गएर स्थलगत अनुगमनको प्रतिबेदन आइजिपीलाई बुझाएकी छु साथै हत्याका फोटाहरु तराईमा भएका सम्भु सदा देखि सबै घटनाको बिबरण बुझाएकी छु ।

आइजिपीले रुकुम जाजरकोट घटना अत्यन्तै दुख लाग्दो र जातकै कारण घटनु २१ औ सताब्दिको बर्बरता हो र प्रहरी सगठन न्यायको पक्षमा छ र कहि नेर न्याय दिलाउने र अपराधीहरुलाइ कारवही गर्ने कुरामा ढुक्क हुन र थप अनुसन्धान र घाइतेहरु र मृतक परिवारको सुरक्षाको लागि तुरुन्तै सम्बन्धित प्रशासनमा खबर गर्ने बताउनु भएको छ ।

प्रहरीको बर्दी लगाउदा कुन जातको भनी लेखिदैन जातको को कुरा हुदैन र न्यायको कुरामा कुन जातले न्याय नपाउने भन्ने हुँदैन भन्दै अत्यन्तै सकारात्मक र बिश्वास व्यक्त गर्नु भयो ।

आसा छ नबराज बिक , गोबिन्द शाही , गणेश बुढा, लोकेन्द्र सुनार , सन्जु बिक , टिकाराम सुनारका हत्याराहरुलाइ कारवाही हुनु पर्छ ।
हामी न्यायको पक्षमा छौ जबसम्म न्याय मिल्दैन हत्यारालाई कारवाही हुँदैन हामी निरन्तर लाग्ने छौ ।

मृतक परिवारले न्याय पाउनु पर्छ ।
( सरु सुनार)