हरेक महिना लाखौं कमाई प्रिज्मा र प्रिन्सीको टिकटक बनाएरै, बिवाह पछि छुट्टिने दिनको सम्झना गर्दै भावुक (भिडियो हेर्नुहोस )

५ मिनेटको फरकमा जन्मिएका प्रिज्मा र प्रिन्सी खतिवडा टिकटकमा खुबै हिट छन् । उनीहरुको टिकटकमा लाखौं फलोअर्स छन् । टिकटकबाटै स्टार सेलिब्रेटीको दर्जा पाएका उनीहरुलाई अहिले म्यूजिक भिडियोमा खेलाउन गायक गायिकाहरुबीच हानाथाप हुने गरेको छ । उनीहरुलाई के विश्वास छ भने यी जुम्ल्याह दिदी बहिनीलाई अभिनय गराएपछि म्यूजिक भिडियोले बजार पिट्छ ।यी दुईलाई चलचित्रबाट अभिनयको समेत प्रस्तावहरु आइरहेका छन् । तर, उनीहरु तत्काल अभिनेत्री बन्ने सोचमा छैनन् । नाच्न आएर मात्र अभिनेत्री नहुने उनीहरुको तर्क छ ।

उस्तै रुपरंग र शारीरिक बनावट भएका प्रिज्मा र प्रिन्सी ठूलो पर्दामा कहिले देखिन्छन्, धेरैका लागि प्रतिक्षा र चासोको विषय बनेको छ । यद्यपि, उनीहरु म्यूजिक भिडियोबाट दर्शकमाझ भने पुगिरहेका छन् । टिकटकबाट रातारात स्टार भएका यी सुन्दरी दिदी बहिनीले अहिलेसम्म एक दर्जन बढी म्यूजिक भिडियोमा कम्मर कमाइसकेका छन् । चलचित्र ‘लभ डायरीज’ को ‘छम छम’ बोलको गीतमा समेत नृत्य गरिसकेका प्रिज्मा र प्रिन्सी अहिले ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीतका कारण चर्चामा छन् । यो तीज गीतले इन्टरनेट रिलिजको एक हप्तामा ११ लाख भ्यूज प्राप्त गरिसकेको छ । भिडियो हेर्नुहोस