बुहारी को पिडा बोकेको रुवाउने मार्मिक गित लिएर आइन टिका सानु (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका टिका सानुले पनि फेरि अर्को यस वर्ष पनि नया तीजको गित ‘बुहारी ३’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘बुहारी२ ’ तीजगीत दर्शकमाझ सुपरहिट नै भएको थियो । उक्त गित लाइ गायिका टिका सानुकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन्।