चर्चित गायक सुर्य खड्का र सम्झना भण्डारी ले गाएको धमाकेदार तीज गीत ‘घन्क्यो मादलु’(भिडियो)

लोक गायक सूर्य खड्का र गायिका सम्झना लामिछाने मगरले तिजको छेको पारेर ‘घन्क्यो मादलु’ गीतको भिडियो ल्याएका छन् । शिव अखेलीको शब्द तथा गायक खड्का कै संगीत रहेको उक्त गीतमा सूर्य खड्का र गायिका लामिछानेलाई अर्का गायक निर्मल क्षेत्रीले आवाजमा साथ दिएका छन् ।

त्यस्तै, विश्वास नेपालले गीतमा संगीत संयोजन गरेका हुन् । साथै, उक्त गीतको भिडियोमा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन् । सोही भिडियोमा गायिका लामिछाने र निक्स शर्माको अभिनय रहेको छ । स्थायी घर बागलुङ जिल्ला भएका गायक खड्का अहिले रोजगारीको सिलसिलामा जापानमा रहेका छन् ।

उनले यसभन्दा अगाडि पनि जापानबाटै नेपाली लोक संगीतलाई माया गरेर विभिन्न मौलिक गीत पस्कँदै आएका छन् । यता, अर्घाखाँची जिल्ला स्थायी घर भइ काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी गायिका सम्झना लामिछानेले पनि विभिन्न दार्जनौँ गीत यसभन्दा अगाडि पनि बजारमा ल्याइसकेकी छन् ।

यतिबेला पनि नजिकै आइरहेको महिलाहरुका विशेष पर्व तिजको अवसर पारेर यस ‘घन्क्यो मादलु’ बोलको गीत ल्याएको उनले बताइन् । गीतको शब्द र भिडियो दुवैले नेपाली मौलिक लोक संगीको पक्ष लिएको उनको भनाइ छ । लोक संगीत क्षेत्रमा यी दुवै गायक गायिका दर्शक स्रोतामाझ परिचित छन् । उक्त गीतको भिडियो गायक सूर्य खड्काको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।