पोखरामा अर्को दुःखद् खबर : पानीमा डुबेको ५ दिनपछि भेटिए प्रयुस (भिडियो)

असार २६ गते पोखरा २३ घाँटीछिनामा रहेको सिल्टेसन ड्याममा डुबेका प्रयुस गुरुङको शव फेला परेको छ । ५ दिन अघि उनी साथीहरुसंग पौडी खेल्न त्यस स्थानमा गएका थिए । पोखरा २७ सुन्दरीबजार निवासी गुरुङको खोजी भए पनि स्थानीयहरुले मंगलबार जाल हानेर निकालेका हुन् ।

गुरुङको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।