राजेश हमाल भावुक बन्दै मध्यरातमा लाईभ, दिपालाई क्षमा दिन अनुरोध (भिडियो सहित)

ईटहरी/ पछिल्लो समय विवादित कुराहरुले सिनेक्षेत्रलाई नै दुर्गन्धित बनाईरहेको छ । कोरोना भाईरसको महामारीले नेपालमा लकडाउनको अवस्था चलिरहदा झन्डै आधा दर्जन कलाकारहरु विवादमा मुछिए । कोहि अन्तरबार्तामा बोलि चिप्लिएर विवादित भए भने कोहि एक-अर्कालाई आरोप प्रत्यारोप लगाउदै विवादीत बन्न पुगे । अहिले ति सबै विवादहरु सेलाउदै गएपनि दिपाश्री निरौलाको एक अन्तरबार्ताको कारण उब्जिएको महानायक काण्ड भने झनै बुर्कुसी मारिरहेको छ । यस विषयमा तपाईहरु धेरै नै जानकार हुनुहुन्छ । अन्तत राजेश हमाल पनि बोल्न बाध्य भए । हेर्नुस उनले यो बिषयमा बोलेका कुराहरु ।

उनि मध्यरातमा आफ्नो फेसबुक मार्फत ‘मेरो अनुरोध’ लेखेर भावुक बन्दै लाईभ आए । उनले ‘आफ्नो अभिव्यक्तिहरु सार्बजनिक स्थलमा राख्दा एक्कासि यस्ता खाले प्रतिक्रिया दिएर मानवतामा आच आउने, आघात पुग्ने, मानवतामा चोट लाग्ने कार्य गर्नु सहि होला र ?’ भनेर प्रश्न गरेका छन् । आफुमा सहिष्णुता रहेको बताउदै यस्ता खाले भनाई र अभिव्यक्तिलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अघि बढिरहने उर्जा थप्नलाई दर्शकको ठुलो भूमिका रहेको लाईभमा बताए । राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् ।

एउटी महिलामाथि यसरी तथानामा गालीको बर्षा भईरहँदा सिंगो फिल्म क्षेत्रले दु:ख प्रकट गरेको छ । यस्तो अवस्थालाई बिगत केहि साता देखि नियाली रहेका हमालले आम दर्शक तथा जनसमुदायहरुलाई अलि फराकिलो भएर, बृहत चित्रलाई मनन गरेर र सकारात्मक हिसाबबाट कसैको मानवतामा आच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गर्न आग्रह समेत गरेका छन् । यो सिने क्षेत्रको लागि, कला क्षेत्रको लागि र मानवताको लागि अत्यन्तै सकारात्मक भएर दिपा श्री निरौलालाई क्षमा दिन अनुरोध गरे भने कलाकारलाई आफ्नो सिर्जना पस्किन प्रेरित गर्न र तथा सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको उनले बताए ।