पावरहाउसमा झोलुंगे पुलमाथी खोला, जनप्रतिनिधि भने बेखबर

पोखरा महनागरपािलका वडा नं. १७ र २१ जेड्ने झोलुंगे पुल भासिएको छ । निरन्तरको वर्षाका कारण पावर हाउस स्थित सो पुलको एका तर्फको भाग भासिए पछि खोलामा जोतिन पुगेको हो ।
खोलामा पानीको वहाव बढ्दै गएपछि पुलको फेदमा असर पर्दा पुल भासिएको हुन सक्ने बताईएको छ । पोखरा महनागरपािलका वडा नं. १७ र २१ जेड्ने झोलुंगे पुल भासिएको छ ।

निरन्तरको वर्षाका कारण पावर हाउस स्थित सो पुलको एका तर्फको भाग भासिए पछि खोलामा जोतिन पुगेको हो । खोलामा पानीको वहाव बढ्दै गएपछि पुलको फेदमा असर पर्दा पुल भासिएको हुन सक्ने बताईएको छ ।

यसबारे पोखरा महानगरपलिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले भने सो पुल भासिएको खबर प्राप्त भएको भएपनि स्थलगत अवलोकन भने नगरेको सिसिएमलाई बताए । उनले त्यस स्थानमा जान बाटोको समस्या रहेको सुनाए ।

यस्तै पोखरा २१ का अध्यक्ष खगराज आचार्यले पनि पुलका सम्बन्धमा आफुले कुनै सुचना प्राप्त नगरेको बताए । पुल प्रयोगमा रहेको उल्लेख गरेपनि मानिसहरु आउजाउ भने कम हुने गरेको उनले बताए ।