‘एक चिम्टी सिन्दुर’ रचना रिमालको गित सार्बजनिक (भिडियो सहित)

नेपाल आईडलले धेरै प्रतिभाहरुलाई आम दर्शकको माझ ल्याएको छ । जो अहिले धेरै नेपाली संगीतप्रेमीहरु माझ लोकप्रिय भैरहेका छन् । त्यसै लहरका एक हुन् रचना रिमाल । नेपाल आईडलले फरक परिचयका साथ अघि बढिरहेकि उनको यतिबेला एक पछि अर्को गीतहरु हिट हुँदै गैरहेका छन् । हालै उनको स्वरमा रहेको ‘एक चिम्टी सिन्दुर’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।

नेपाल आईडलमा उत्कृष्ट ८ सम्म पुगेका उनको गायिकिका कारण धेरैले उनलाई चिने । त्यसपश्चात् ‘फोटो फिरिममा’ गीतले उनलाई ब्यवसायिक गायिकाको रुपमा परिचित बनायो । एक पछि अर्को गीत सार्बजनिक भएसंगै हिट पनि भैरहेका छन् । सार्बजनिक गीत नेपाल आईडलमा सहभागी हुनु अघि नै रेकर्ड भएको गीत हो । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

सो गीतको भिडियोमा उनी आफै गाउदै देखिएकी छन भने भिडियोलाई रचनाले आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरेकी छन् । गीतमा दुर्गा रिमालको शब्द समावेश गरिएको छ भने नवीन कर्कीले संगीत भरेका छन । सुमन केसिले एरेन्ज गरेको गीतमा स्याड भर्सनमा रहेको छ । सार्बजनिक गीतको भिडियोलाई खेम सरु मगरले छायांकन गरेका छन भने एकान्त मगरले निर्देशन गरेका छन् । पछिल्लो समय रिमालको तिज गीत सामाजिक संजालहरुमा लोकप्रिय भैरहेको छ ।