नेपाल कोरोना संक्रमण अध्ययन तथा विश्लेषण केन्द्र ( नेकोसाक ) को बिज्ञप्ति

डा. रवीन्द्र पाण्डे
१. महामारी शास्त्रको सिद्धान्त बिपरित, कोरोना संक्रमणको इपिड़ेमियोलोजी बिपरित तथा कोरोना संक्रमण वृद्धिको अन्तराष्ट्रिय ट्रेण्ड बिपरित नेपालमा बिगत ५-७ दिन यता संक्रमितको संख्या नाटकीय ढंगले घटिरहेको छ | परीक्षणको गति एकदम सुस्त हुनु, लामो समय होल्डमा राखेका स्याम्पलको RNA नष्ट हुनु, प्रयोगशालामा गलत रिपोर्ट आउनु, कन्ट्याक्ट ट्रेसिंग नगर्नु तथा पद बचावटको लागि आम नागरिकको जनस्वास्थ्य जोखिममा राख्ने वा विषयान्तर गर्ने काम कसले किन गरेको छ, त्यसको छानबिन गर्न नेकोसाक माग गर्दछ |

त्यस्तै सामुदायिक तथा नीजी प्रयोगशालालाई PCR टेस्ट गर्न दिने सरकारको निर्णय शीघ्रातिशीघ्र कार्यान्वयन गरि परीक्षणको दायरा ब्यापक बढाउन नेकोसाक सरकारसंग माग गर्दछ |

२. कोरोना संक्रमण समुदायमा कुन स्तरमा छ भनेर परीक्षण नगरि एकाएक सार्वजनिक यातायात खोल्ने निर्णय अबैज्ञानिक छ | सुरुमा जोरबिजोर प्रणालीको आधारमा ट्याक्सी चलाउन अनुमति दिने, त्यसको प्रभाव हेरेर लामा बसलाई जोरबिजोरको आधारमा सुरक्षाका मापदण्ड तोकेर क्रमशः सुचारु गर्नु पर्नेमा एकैपटक भद्रगोल किसिमले यातायात चलाउँदा समुदायमा कोरोना संक्रमणको जोखिम निकै बढेको छ | यसतर्फ सरकारको ध्यान जानु जरुरी छ |

डा. रवीन्द्र पाण्डे
( संयोजक )