भिषण बाढीबाट जापानमा ३४ जनाको मृत्यु

जापानमा आएको भिषण बाढीबाट ३४ जनाको मृत्यु भएको छ । व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेका छन् भने मानिसहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

जापानको दक्षिणी क्षेत्रमा कुमामोतो क्षेत्रमा हेलिकोप्टर (उदग्रविमान) डुंगा र झण्डै ४० हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको छ । त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी,अग्नि नियन्त्रक लगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो ।

उक्त बाढीले कुमा गाउँमा रहेको वरिष्ठ नागरिकका घर बगाएको छ भने १४ जना नागरिकको मृत्यु भएको बताइएको छ । उद्धारकर्ताहरू गत शनिबार त्यहाँ पुगेपछि बाँकी रहेका दर्जनौं बासिन्दा र हेरचाहकर्तालाई आइतवार पनि उद्धार जारी राखिएको छ ।

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण विद्युत, सञ्चार,सडक लगायतका सेवा अबरुद्ध भएका छन् । कुमामोतोका मात्रै छ हजार घरमा विद्युत सेवा बिच्छेद भएको छ ।

कुमामोतो प्रान्तमा २ लाख भन्दा बढी बासिन्दाहरूलाई शुक्रबार साँझ र शनिवार सम्मको पानी परेको वर्षा खाली गर्न आग्रह गरिएको छ। कुमामोटोमा करीव ६ हजार घरहरू बिजुली विहीन भएका छन ।

श्रोत :एसोसिएट प्रेस,तस्बिर :गुगल / इनेप्लिज