२२ वर्षसम्म धम्कीमा बाँचे उदितको सँगर्षको कथा , डिप्रेशनमा आत्महत्यागर्ने सोच समेत आयो (भिडियो हेर्नुहोस )

उदित नारायणले भारतीय फिल्म उद्योगमा आफ्नो ४० वर्ष पूरा गरिसकेका छन् । सन् १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ आएको थियो । संगीत राजेश रोशनको थियो । लेखेका थिए अमित खन्नाले । त्यो गीत उदित नारायणले मोहम्मद रफीसँग गाएका थिए । उद्योगमा ४० वर्ष पूरा गरेको खुसीयालीमा उदित नारायणले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन् । ४० वर्षको यात्रामा उनले दुई पटक पद्म पुरस्कार प्राप्त गरे । ५ पटक उनले फिल्म फेयर अवार्ड पनि जिते । उनले ४० वटा भाषामा गीत गाएका छन् । यी सबै उपलब्धि उनले सजिलै हासिल भने गरेका होइनन् ।

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘सन् १९८० देखि पहिलो काम पाउने संघर्ष अलग थियो । ६ देखि ७ व्यक्तिसँग मुम्बईमा एउटा कोठामा बस्थेँ । जुन सानो गाउँबाट आएको थिएँ त्यहाँ पिता किसान थिए । उहाँले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो तर लगाव भिन्न थियो । संघर्षका दिनमा मानिसहरुले भन्ने गर्दथे कि यो त अब कुनै कामको छैन । आफूसँग क्षमता हुँदासमेत मुम्बईका ठूला गीत सङ्गीतकारको ढोका ढक्ढकाएँ । बल्लबल्ल पहिलो काम पाएँ । त्यसपछि सन् १९८८ मा ‘कयामत से कयामततक’ नामको फिल्म आयो, त्यसपछि पछाडि फर्केर हेरेको छैन ।’भिडियो हेर्नुहोस