गणतन्त्रको फाइदा (व्यङग्य कविता)

गणतन्त्रको फाइदा (व्यङग्य कविता)
हिजो बा हजार लीएर बजार जाँदा,
एक भारी सामल आँउथ्यो,
बोकेर घर ल्याँउदा, ढाड दुख्थ्यो,
निधारमा नाम्लोको डाम बस्थ्यो ।
अहिले हजार लीएर बजार जाँदा,
दुइ किलो सामान आँउछ ,
देब्रे हातले लीए पनि भयो,
दाहिने हातले समाए पनि भयो।
न ढाड दुख्छ, न नाम्लोको डाम बस्छ,
काइदै काइदा, गणतन्त्रको फाइदै फाइदा ।।।

आमा ५ सय बोकेर तरकारी लीन जान्थिन्,
दुइ झोला तरकारी बोकेर ल्याँउथीन ।
ल्याँउदा ल्याँउदा हात गल्थ्यो,
केलाँउदा केलाँउदा दिन वित्थ्यो।
अब अहिले ५ सयको दुइ किलो सब्जि आँउछ,
न बोक्न गाह्रो, न केलाउनका दुख ।
पकाउन कति सजिलो, खान पनि उस्तै सजिलो ।
काइदै काइदा, गणतन्त्रका फाइदै फाइदा ।।।

बहिनी हजार बोकेर सारी किन्न जान्थि,
मन परेको बाह्रहाते फुल बुट े सारी ल्याँउथी ।
बाह्रहाते सारी , लाउन पनि कति गाह्रो ,
धुन झन एक बटटा साबुन नै सकिने ।
अब अहिले हजार रुपेमा साहु जी ले तीन हाते सारी दिन्छन ,
लाउन कति सजिलो, एक फन्को बेरे पुग्यो,
धुन झन सजिलो, हात धुँदा यसो पखाल्दे भयो ।
काइदैकाइदा, गणतन्त्रको फाइदै फाइदा ।

हिजो राजाको दर्शन गर्न मन लाए, राजधानी पुग्नुपथ्र्यो,
दुइ घन्टा पसिना आउने गरी हिड्नुपथ्र्यो,
अनि भोमीट होला की होला की जस्तो गरेर,
खाँदीएर ४ घन्टा बसमा कोचिनुपथ्र्यो।
अझ आँखा जुधाएरै दर्शन गर्न त,
दुइ दिन उतै बस्न पथ्र्यो ।
अब अहिले राजा गाँउमै छन ,
दर्शन गर्न जान पर्दैन, आँफै सबारी होइसिन्छ,
प्रत्यक महिनाको दोश्रो दिन, डन्ठे,
हुक्के, चिलिमे, सुन्ड, मुन्ड लीएर,
खाएको, पिएको, सुतेको, उठेको,
हाँसेको, रोएकोकर कर कर कर भन्दै,
पँहेलो कागजको खोस्टो दीएर गइसिन्छ ।
राजालाई भेटन कस्तो सजिलो,
न बस चढ्नु पर्यो, न राजधानी पुग्नुपर्यो,
काइदै काइदा, गणतन्त्रको फाइदै फाइदा ।।।

मणि किशोर