साम्राज्ञीले युट्युब र मिडियामा अन्तर्वार्ता नदिने घोषणा गरिन : बैज्जत हुने डर किन? (भिडियोसहित)

समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता तथा निर्माता भुवन केसी बिचको अन्तरद्वन्दले उग्र रुप लिरहेको छ । यी २ ले नाम किटान नगरी एक अर्कालाई अप्रत्यक्ष ढंगले आरोप लगाउदै आएका छन् । यसै बीच नायिका शाहले अर्को एक भिडियो सार्बजनिक गरेकी छन् । जसमा मिडिया माथि नै खन्निएकि छन् ।

आफ्नो ईन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले यो पटक मिडिया तथा युट्युबमा ईण्टरभ्यु नदिने घोषणा गरेकी छन् । यो २ दिनको अवधिमा आफुलाई धेरै मिडियाबाट अन्तरबार्ताको लागि फोन आएको तर आफुलाई सपोर्ट गरेको जस्तो गरेर उचाल्ने अनि समाचारमा हेडलाईनहरु घिनलाग्दो राख्ने कार्यले गर्दा आफु मात्र हैन अन्य कलाकारहरु पनी थाकिसकेको कुरा ब्यक्त गरिन् । आफ्नो मुख देखाउदै आफैलाई नराम्रो बनाएर पैसा कमाउनेहरु युट्युबमा टन्नै छन् भन्दै यो पटक आफुले अन्तरबार्ता दिन नमानेको उनले बताईन ।