कोरोना संक्रमण प्र,तिरोधात्मक क्ष,मता बढाउने औंषधी धनकुटामा वितरण

कोरोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा बजारमा आज यो भाईरस संक्रमण नियन्त्रणका लागि धनकुटा उद्योग बाणिज्य संघले औषधी वितरण गरेको छ ।

संघले भावना होमियोप्याथी हस्पिटल धनकुटाको सहकार्यमा कोरोना भाईरस विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने केही औषधी तथा सूरक्षित समाग्री वितरण गरेको हो ।

संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रोजिना पलिखे लगायतले हुलाकटो क्षेत्रमा व्यापारी तथा सर्वसाधरणलाई औषधि र सूरक्षित सामाग्री वितरण गरेका हुन् । यो औषधि संघका सदस्य तथा उपभोक्तालाई पनि अव अभियानको रुपमा वितरण गरिने अध्यक्ष राईले वताउनु भयो । -धनकुटा खबर