परिक्षा मा सफल हुन कुन राशी ले के गर्ने ? विद्याकी देवी सरस्वतीलाई कसरी खुसी पार्ने ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

अहिले विद्यार्थीको परीक्षाको तयारी चलिरहेको छ । जब जब फाइनल परीक्षा नजिकिन्छ । अधिकाशं विद्यार्थीमा एक किसिमको भय रहने गरेको छ । परीक्षामा राम्रो अंक प्राप्त गर्न देवी सरस्वतीको आराधाना गर्नु उत्तम हुन्छ ।

शास्त्र अनुसार यो सबैभन्दा सरल र राम्रो विकल्प मानिएको छ । तसर्थ कुन राशीका परीक्षार्थीले सरस्वतीलाई के चढाउँदा यस पटकको फाइनल परीक्षामा राम्रो अंक प्राप्त हुन्छ त ?

१. मेष राशी – मेष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बेसनको लड्डु अर्पण गर्नुपर्दछ । यी राशीका जातक परीक्षा आउनु अगावैबाट धेरै डराउने स्वभावका रहने भएकाले संयम रहनुहोला ।

२. वृष राशी- वृष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी मिठाई अर्पण गर्नुपर्दछ । यी राशीका जातकमा परीक्षाको डर क्षणिक मात्र हुने भए पनि अध्ययनमा भने विशेष रुचि दिनुहोला ।

३. मिथुन राशी- मिथुन राशीका विद्यार्थीले देवी सरस्वतीलाई हरियो धागो अर्पण गरी धारण गर्नुपर्दछ । परीक्षामा राम्रो नतिजा ल्याउन पिस्ता र अम्बक पनि अर्पण गर्न सकिन्छ ।

४. कर्कट राशी- कर्कट राशीका विद्यार्थीले देवी सरस्वतीलाई दूधबाट बनेका मिठाई र किसमिस अर्पण गर्नुपर्दछ । यस राशीका जातकमा परीक्षाको भय नहुने भएकाले पढाइमा ध्यान कम जान्छ ।

५. सिंह राशी- सिंह राशीका विद्यार्थीले देवी सरस्वतीलाई अनार अर्पण गरी त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । यस राशीका जातकलाई परीक्षामा भन्दा पनि नतिजाका बेला डर हुने गर्दछ ।

६. कन्या राशी- कन्या राशीका विद्यार्थीले देवी सरस्वतीलाई मख्खन र मिश्री अर्पण गरी त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्नुपर्दछ । पढ्ने शैलीमा सुधार गरी पढ्न खोजेपनि अध्ययनमा मन जादैन ।

७. तुला राशी- तुला राशीका विद्यार्थीले देवी सरस्वतीलाई रसवरी र काजू अर्पण गर्नुपर्दछ । पढाईमा मन नजाने यस राशीका जातकले मेहनत गरेको खण्डमा राम्रो नतिजा प्राप्त गर्न सक्दछन् ।

८. वृश्चिक राशी- वृश्चिक राशीका विद्यार्थीले देवी सरस्वतीको नियमित पुजा गरी खराब बानि सबै त्याग्नु पर्दछ । दैनिक एक चमच मह खाएर परीक्षा दिएमा राम्रो अंक प्राप्त हुन्छ ।

९. धनु राशी-धनु राशीका विद्यार्थीले देवी सरस्वतीलाई बदाम र मिश्री अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु पर्दछ । यस राशीका जातकलाई पढाईमा रुचि नहुने भए हदै रुचि हुने गर्दछ ।

१०. मकर राशी- मकर राशीका विद्यार्थीले देवी सरस्वतीलाई तुलसीको जरा अर्पण गरी धारण गर्नुपर्दछ । यस राशीका जातकलाई अध्ययनमा मन नलाग्ने भएकाले तुलसीको पात र मह खानु पर्दछ ।

११. कुम्भ राशी- कुम्भ राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी लगायतका गुलिया मिठाई अर्पण गर्नुपर्दछ । यस राशीका जातकलाई रुचि नभएको बेला अध्ययन गर्न सक्दैनन् ।

१२. मीन राशी- मीन राशीका विद्यार्थीले देवी सरस्वतीलाई दैनिक पान अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नुपर्छ । यस राशीका जातकलाई परीक्षाको चिन्ता भन्दा पनि श्रेणीको चाहना हुने गर्दछ ।