कलाकारको कुनै जा,त र ध,र्म हुँदैन यो अकाट्य सत्य हो ।

दिपशिखा शर्मा,

कलाकारको कुनै जात र धर्म हुँदैन यो अकाट्य सत्य हो । उ जहाँसुकै जन्मियोस् तर आफ्नो क्षमताको कारण संसारभर प्रसिद्द भएका ईतिहासहरु साक्षी छन् । त्यसैको एक ज्वलन्त उदाहरण हुन् चर्चित अभिनेता सुशान्त सिंह राजपूत । हिजोमात्रै उनको आत्महत्याको दुखद समाचार पुष्टि भएको छ । एउटा बहुमुखी प्रतिभाको दुखद अवसान सहन नसकी संसारभरका मानिसहरुले उनको आत्माको चिर शान्तिको कामना गर्दै समवेदना प्रकट गर्ने क्रम जारी छ । उनी भारतीय अभिनेता हुन् । उनको कलाकारिताको प्रशंसा गर्दै अधिकांश नेपालीहरुले पनि श्रद्दान्जली दिएका छन् । तर उनको मृत्युमाथि अट्टहास गर्ने मानवता हराएका मुट्ठिभर तत्वहरुलाई भने यो कार्य मन परिरहेको छैन ।

आफ्नो देशको माया छैन अर्काको देशको मान्छे मर्दा नाटक ? एउटा आत्महत्या गर्ने कायरलाई पनि श्रद्दान्जली दिने ? त्यो पनि जाबो एउटा भारतीय धोतीलाई ? ओह कति तुच्छ एवं संकुचित सोच ? यतिसम्म दम्भ र घमण्ड कि लाग्छ उनिहरु कहिल्यै मर्दैनन् ,सधैं अजम्बरी रहन्छन् । श्रद्दान्जली दिने नदिने आ आ-आफ्नो बिचार हो नि ? उनलाई श्रद्दान्जली दिनुको अर्थ उनको कलाकारिताको प्रशंसा गरेको हो । आत्महत्या गरेकोमा बधाई दिएको पक्कै होइन ।

राष्ट्रवाद आफ्नो ठाउँमा छ मानवता आफ्नो ठाउँमा । मृतकको मजाक बनाएर धोती र टोपी जस्ता तुच्छ शब्द प्रयोग गर्दै जातिय भ्रम छर्ने सामाजिक सद्भाभ भड्काउने व्यक्तिहरु प्रती खेद छ । हो ! आत्महत्या गर्नु कायरताको परकाष्टा हो , उनले कुनैपनि हालतमा त्यसो गर्नु हुँदैनथ्यो । जतिसुकै ठूलो समस्या आएपनि त्यसको सामना गर्ने हिम्मत लिनुपर्थ्यो । खैर त्यो उनको ठूलो कमजोरी थियो । अन्तत : जे नहुनुपर्ने थियो त्यो भैहाल्यो । बेलैमा सजग र सचेत गराउन सकेको भए शायद यो दुर्घटना हुन पाउने थिएन ।

बितिसकेपछि पछुताएर पनि केही फाईदा छैन । अब ऊनी हामिहरु माझ रहेनन् । उनको आत्महत्यामा दुईथोपा आँसु बहाउनुको बिकल्प छैन ।

उक्त लेख दिपशिखा शर्मा ज्युको फेसबुक बाट साभार गरिएको हो !