राष्ट्र,घाती देश,द्रोही सांसद सरीता गिरीको बिरोध स्वरुप भन्दै गीत समेत सार्बजनिक (भिडियो सहित)

नेपालको परिवर्तित नयाँ नक्सा निशाना छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधिसभामा दफाबार छलफल सुरु हुँदा बाहिरिएकी सांसद सरिता गिरीले व्यक्तिगत रुपमा आफूमाथि भइरहेका व्यवहारविरुद्ध फाइट गर्न उत्रिएको बताएकी छिन् ।

जनता समाजवादी पार्टीकी सांसद गिरीले सरकारले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी थिइन् । उक्त संशोधनलाई शनिबार संसदमा सभामुख अग्निप्रसाद सापकोटाले संशोधनसम्बन्धी शर्त पुरा नभएकोले भन्दै अस्वीकृत गरेका थिए।

त्यस्तै गायक तथा सर्जक निलमणी भट्टराई सरिता गिरी को बिरोध मा आन्फो गित मार्फत धारणा पोखेका छन् हेर्नुहोस भिडियो ।