बलिउडले गुमायो दुई महिनाभित्र यी १० चर्चित कलाकार (भिडियो सहित)

काठमाडौं । बलिउडले एकपछि अर्को गरी कलाकारहरुलाई गुमाइरहेको छ । आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।

आइतबार पनि बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई गुमायो । उनले आफ्नै घरमा पासो लगाएर ज्यान फाले । २ महिनाभित्र बलिउडले राम्रा राम्रा कलाकारलाई गुमाएको छ । अभिनेता इरफान खानको पनि गएको बैशाख १७ गते निधन भयो ।

त्यसको २ दिनपछि अभिनेता ऋषि कपुरको पनि निधन भयो । त्यसपछि लगातार बलिउडका चर्चित संगीतकर्मी वाजिद खान, क्राइम पेट्रोलमा अभिनय गरिरहेकी प्रेक्षा मेहेता, अभिनेत्री मेबिना माइकल ।

भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्य कलाकार सचिन कुमार, ‘पीके’ फिल्मका अभिनेता साई गुंडेवर, सलमान खानसँग रेडी फिल्ममा अमर चौधरीको भुमिका निभाएका मोहित बेगल, क्राइम पेट्रोलका शफिक अन्सारीले ज्यान गुमाए ।

यी सबै कलाकारको कसैको क्यान्सर रोग तर कसैको सडक दुर्घटनामा परी निधन भयो । यी सबै कलाकारको निधनले बलिउड शोकमा डुबिरहेको छ ।