हेर्नुहोस आज (२०७७ साल असार २ गते मंगलबार) को राशिफल

राशिफल बि.सं.२०७७ साल असार २ गते मंगलबार ई. सं. २०२० जुन १६, नेपाल सम्बत ११४० तछलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, शोभान योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ७ : १ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २१ मिनेट देखि १ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।