रोटी–बेटी नेपाल–भारत बीचको सम्बन्धलाई कसैले तोड्न नसक्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाइ

नयॉं दिल्ली, १ असार । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको बीचमा रहेको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने बताएका छन् ।

आइतबार भारतीय जनता पार्टी (भाजपा)का उत्तराखण्डका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताएका हुन् ।

त्यस्तै, उनले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने पनि बताएका छन् । लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भएमा त्यसलाई संवादबाटै हल गरिने पनि उनले बताएका छन् ।

त्यस्तै, गोरखा रेजिमेन्ट सेनाले आफ्नो शौर्यको परिचय दिने गरेको बताउँदै नेपालसँगको सम्बन्ध टुट्न नसक्ने उनको भनाइ छ । भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन नसक्ने उनले विश्वास व्यक्त गरे ।