नेपाली लोक संगीतको जिउँदो इतिहास अग्रज कलाकार बम बहादुर कार्की र गायिका शिवा आलेको स्वरमा आयो ‘कोरोना को दबाइ’ (भिडियो सहित)

नेपाली लोक संगीतको जिउँदो इतिहास अग्रज कलाकार बम बहादुर कार्की वरिष्ठ लाेकगायक बमबहादुर कार्कीका दम्पतीले कोरोना भाइरसविरुद्ध ‘के होला दवाई’ नामक गीत ल्याएका छन् । गायक कार्की र उनकी धर्मपत्नी गायीका शिवा (आले) कार्कीको युगल आवाज उक्त गीतमा रहेको छ । साथै, गीतमा गायक कार्कीको शब्द रहेको छ भने गायीका आलेको संगीत रहेको छ । मारुनी डिजिटल स्टुडीयोमा रेकर्ड गरेको गीत कमल सौरागले संगीत संयोजन गरेका छन् ।

त्यस्तै, गीतको भिडियोलाई गायक बमबहादुर कार्कीकै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सो भिडियोमा गायक गायीका दम्पती नै देखिएका छन् । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना अहिलेसम्म त्यसको औषधि पत्ता नलागेको अवस्थामा ‘के होला दवाई’ नामक गीत ल्याएको गायक कार्कीले जानकारी दिए । कोरोनाको प्रकोप पछिल्लो समय नेपालमा तीव्र गतिले बढिरहेको छ ।

हेर्नुहोस यस्तो छ भिडियो: