मंगलबार चीनले बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्दै

बेइजिङ, असार १ । चीलने मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ।

बेडाउन नेभिगेसन सेटेलाइट सिस्टम बीडीएसमा आधारित भूउपग्रह मंगलबार स्थानीय समयअनुसार १० बजेर ११ मिनेटदेखि १० बजेर ५० मिनेट भित्र अन्तरिक्षमा पठाइसकिने सिन्ह्वाले जनाएको छ।

लङ मार्च–थ्रीबी रकेटले यस भूउपग्रहलाई अन्तरिक्षमा पुर्याउनेछ।

बीडीएस प्रणाली जीपीएस, ग्लोनासजस्तै प्रणाली हो। यसबाट विश्वका मानिसहरुलाई विभिन्न क्षेत्रको समय, स्थिती तथा गतिविधिको जानकारी हुन्छ।

यस भूउपग्रहले विभिन्न क्षेत्रका समय, स्थितीको बारेमा सूचना संकलन गर्दछ। हालको भूउपग्रहले सूचना संकलनमा धेरै सहयोग पुर्याउने अपेक्षा गरिएको छ।