न्यूयोर्क मा भर्चुयल रुपमा अन्तर्ध्वनि लोकार्पण

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा मिती ०६/०६/२०२० का दिन अनेस स न्यू योर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह “अन्तर्ध्वनि” को “भर्चुयल” लोकार्पण कार्यक्रम भब्य रुपमा सु-सम्पन्न भएको छ।

भर्चुअल लोकार्पण गरिएको “अन्तर्ध्वनि “को नेपाली साहित्य जगतमा नै पहिलो कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पूनम काफ्लेका प्रकाशित कृतिहरू -भावना ,छायाँ छवि,परदेशिएका पाईलाहरू,जून तारा अन्तर्धारा,गीतहरु हुदैँ अन्तर्ध्वनि सम्म प्रकाशित हुन आएको छ। उक्त अबसरमा नेपाल निगमका महाबाणिज्य दूत पुष्प राज भट्टराई,अनेसास केन्द्रका अध्यक्ष राधेश्याम लेकाली,अनेसास ट्रष्टी अध्यक्ष साहित्यकार गीता खत्री, कथाकार मधुवन पौडेल,साहित्यकार डा. मधु माधुर्य,जगदिश उपाध्याय,पूर्ब च्याप्टरअध्यक्षहरु साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट,राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरु,सल्लाहकार र साहित्यकार रश्मी भट्ट ,उपाध्यक्ष शान्ता घिमिरे,राजन महर्जन, जानुका वस्ति ढकाल,मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम ,पूर्व पदाधिकारी बेदाआचार्य ,साहित्यकार सिता खरेल,समालोचक /साहित्यकार रश्मि भट्ट,साहित्यकार बिनोद रोका,साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरुको पनि उपस्थित थियो।

उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पूनम काफ्लेलाई बधाई ज्ञापन गर्नु भएको थियो भने नेपालबाट जोडिनु भएका अतिथि राधेश्याम लेकाली र मधुवन पौडेलका साथै अतिथि पुष्प राज भट्टराई,गीता खत्री,जगदिश उपाध्याय लगायत सबैले आ-आफ्नो छोटो मिठो भावनाहरु व्यक्त गर्नु भएको थियो । अंतर्ध्वनि कथा संग्रहको समीक्षा गर्दै डा. मधु माधुर्यले पूनम काफ्लेको कृतिमा समाबेस भएका बीस वटा कथाका बारेमा प्रष्ट पार्दै कथामा निहित मधुर भाव ,मानबिय समबेदना, पुराना र नयाँ सोचको द्वन्द ,रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन आदिको बारेमा प्रकाश पार्नु भएको थियो|

उपस्थित पूर्व अध्यक्षरु लगायात च्याप्टरका सदस्यहरुले पनि कथाकार पूनम काफ्लेलाई शुभकामना र बधाई दिनु भइ बिदेशी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकापर्ण भएकोमा खुशियाली व्यक्त गर्नु भएको थियो। सहभागीहरु मध्ये जस जसले कथा संग्रह पढ़ने मौक़ा पाउनु भयो सबै ले पूनम काफ्लेलाई उहा को लेखन आख्यानमा एकदम राम्रो भएकोले उहाबाट नेपाली साहित्य भण्डार उपन्यास पनि छिट्टै पाउने आशा र शुभकामना ब्यक्त गर्नु भएको थियो।

श्रस्टा पूनम काफ्लेका श्रीमान किरण काफ्लेले सर्जकलाई बधाई दिनु हुदै उक्त कथा संग्रहबाट एक हरफ़ कथा पढेर सबैलाई सुनाउनु भएको थियो । सदाझैँ अ नेसास न्यूयोर्क च्याप्टरका महासचिब साहित्यकार राजन महर्जनले रमाईलो बाताबरणमा सुचारुरुपले कुशलता पूर्वक कार्यक्रम संचालन गर्नुभएको थियो भने अध्यक्ष शकुन ज्ञवालीले पूनम काफ्लेको मिलनसार,सौम्य शालीन ,सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित पाहुनाहरु र लाइभ कार्यक्रम हेरिरहने सबैमा धन्यबाद ज्ञापन गर्दै दुइ घण्टा लामो पुस्तक बिमोचन कार्यक्रम समापन गर्नु भएको थियो।

यो बिषम् परिस्थितिमा अनेसास न्यु योर्क च्याप्टरले समय र परिस्थितिलाई मनन गर्दै अनलाइन पुस्तक बिमोचन कार्यक्रम गरिएको हो |