सामाजिक कार्यमा आत्मासन्तुष्टि मिल्छ – समाजसेवी समिर खान

काठमाडौँ – बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका युवा ब्यबसायी समिर खान लकडाउनको समयमा पनि ब्यस्त छन् । चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड- १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा समाजसेवी तथा युवा ब्यबसायी समिर खान राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहेका छन् ।

युवा बर्गका ढुकढुकी र प्रेरणाका श्रोत बनेका समिर खान दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । कहिले उनि विभिन्न सम्प्रदाय, धार्मिक स्थलमा पुगेर सहयोगी हातहरु बढाईरहेका हुन्छन भने कहिले उनि पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेका हुन्छन । लकडाउन सुरु भए संगै राहत वितरणमा जुटेका समाजसेवी समिर खान सबै समुदाय बीच उत्तिकै लोकप्रिय छन् । भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा समिर बताउँछन । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न समाजसेवी खानले आव्हान गर्दछन ।