प्रधानमन्त्रीको जनताका लागि बन्देज मुलक सन्देश – कमेडी भिडियो

पछिल्लो समय उत्कृष्ट हास्यव्यंग्य खुराक प्रस्तुत गर्दै आएका कलाकार नबिन दाहालले यसपटक विध्यमान लकडाउनमा आधारित एक व्यंग्य भिडियो सार्वजनिक गरेका छन्। एकातिर सरकारको सुस्त कार्यशैली त अर्को तर्फ मजदुर, किसान बाहेक शक्तिको आडमा स्वतन्त्र घुमफिरले लकडाउनको धज्जी उडाएको भन्दै बारम्बार लक डाउनको म्याद थपिएकोमा भरपुर व्यंग्य गरिएको छ।

प्रधानमन्त्रीको सम्बोधनले जनताका लागि के-के सम्बोधन भए भन्ने बिषयमा नक्कली पात्र प्रधानमन्तीलाई उठाइएको छ। “प्रधानमन्त्रीको जनताको लागि बन्देज मुलक सन्देश” नाम दिइएको उक्त भिडियोले अहिलेको ताजाँ गतिविधिलाई चोटिलो प्रहार गरेको छ। मनोरन्जन नेटवर्कको उत्पादनमा रहेको उक्त भिडियो उनै कलाकार नबिन दाहालको लेखन र निर्देशनमा रहेको हो ।
हेरौ उक्त कमेडी भिडियो