जाजरकोट घटनाबारे महानायकले भने नवराज विकको हत्याले मलाई स्तब्ध र आक्रोशित बनायो, असमानता किन? भन्दै भिडियो आयो !

रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो।बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए।

टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए। खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए।

त्यस्तै यस घटनाबारे महानायकले भने नवराज विकको हत्याले मलाई स्तब्ध र आक्रोशित बनायो,असमानता किन? किन भन्दै आफ्नो फेसबुकमा भिडियो सार्बजनिक गरेका छन् हेरौ भिडियो :