नेपाली चलचित्रको गीतमा पहिलो पटक टिकटक प्रतियोगीता – यी हुन टप ५० मा पर्नेहरु – हेर्नुहोस्

काठमाण्डौं । नेपालमा फिल्मी क्षेत्रमै पहिलो पटक नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक, निर्माता, निर्देशक भिम लामाले शुरु गरे । बैशाख २३ गतेदेखि लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ ‘यो मुटु भित्र तिमिलाई सजाई राखौला ‘भन्ने गीतलाई टिकटक प्रतियोगीतामा समाविष्ट गरी उत्कृष्ट ५० छनौट गरिसकेको लामाले बताएका छन ।

प्रतियोगितामा बिवाद नहोस भनेर सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने, छान्ने जिम्मा लाइक, कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको लामाले बताएका छन् । त्यस्तै उत्कृष्ट २० मा छनौट गर्नको लागि पनि फेक फ्रेण्ड चलचित्रकै अर्को गीत ‘माया तिमीलाई गर्छु म’ सार्वजनिक गरिसकिएको छ । यस्तो छ गीत

यी हुन उत्कृष्ट ५० मा पर्न सफल प्रतियोगीहरु
सन्ध्या भुजेल,गणेश घिमिरे, प्रियंका शर्मा, नेहा श्रेष्ठ, कन्चन राई, केशव रायमाझी, मुस्कान सिह, बिष्णु बिक्रम निरौला, सुनिता रसाइली, सन्जय गिरि, सुन्शीला तामाङ, गुणगुण थापा, मोहन क्षितिज, तिर्थ राज बिक, रोजिना राई, शिब भट्टराई भावना नेपाल भट्टराई, रक्षा राई, कामन सिंग राई, रितु थापा मग, जेसिका रिजाल, उपार्जन चाम्लिङ, सुप्रीया सुनुवार, रोमियो लिम्बु, निशा राहु, बबि श्रेष्ठ, रोनिशा भाट, दिलिशा राई, अस्मिता रेग्मी, पुजा भुजेल, रुवेन परियार, धिरज ठाकुर, मिना रसाइली, दुर्गा काली, मिना बस्नेत थापा, सरिता देवान, जिवन बराइली, श्रेया शर्मा, जुना लामा, निशा श्रेष्ठ, एन्जेल लिम्बु, सन्देश सितौला, रेश्मा बान्तावा राई बिनोद खड्का, मुना प्रसाईं, भरत कुमार शाह, मोनिका हमाल, विबश पाठक, निशा लामा, अनु मगर, आरती राई, सन्जना पोख्रेल ।

टप ५० बाट फेरि टप २० जना छान्ने , टप २० बाट फेरि टप १० छान्ने अनि टप १० बाट एकजना उत्कृष्ट टप १ छानिनेछ , टप १ हुने बिजयी प्रतियोगिले नगद रु,११,१११ र प्रमाणपत्र सहित भिम लामाले निर्माण गर्ने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिने उनको भनाई छ ।

लामाले लकडाउनको भरपुर सदुपयोग गर्दै कलाकार बन्न चाहने र टिकटक प्रेमिहरुलाई सुवर्ण अबसर दिएका छन । यसरी अबसर दिईएको चलचित्र फेक फ्रेण्डको निर्देशक स्वयं भिम लामा हुन् र यदि यो टिकटक प्रतियोगिता सम्बन्धि बुझ्न चाहनु हुन्छ भने ९८५२०६३५३४ र ९८१३६३१०१२ मा सिधा स,म्पर्क पनि गर्न सक्नुहुनेछ ।